८ वैशाख २०८१ शनिबार
खेल

भ्यालेन्सिया अन्तिम १६ मा

मड्रिड– भ्यालेन्सियाले बिहीबार दोस्रो श्रेणीको क्लब रियल जारागोजालाई दोस्रो लेगमा ४–१ ले पराजित गर्दै कोपा डेल रेको अन्तिम १६ को यात्रा पक्का गरेको छ।

२८औं मिनेटमा सान्टी मिनाले गरेको गोलमा भ्यालेन्सियाले अग्रता लिएको थियो । ५९औं मिनेटमा मिनाले व्यक्तिगत दोस्रो गोल गर्दैै भ्यालेन्सियाको अग्रता दोब्बर पारेका थिए । त्यसको नौ मिनेटपछि रोबर्ट इबानेजले गोल गर्दै टोलीको अग्रता बढाएका थिए । खेल सकिन ६ मिनेट बाँकी हँुदा रुबेन भेजोले गोल गर्दै भ्यालेन्सियाको जित पक्का गरेका थिए ।
८७औं मिनेटमा जर्ज पोम्बोले गोल गर्दैै जारागोजालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन।

यसअघि पहिलो लेगमा २–० को जित हात पारेको भ्यालेन्सिया यस जितपछि समग्रमा ६–१ को नतिजाका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

त्यस्तै बिहीबार सम्पन्न अर्को खेलमा भिल्लारियलले पोनफेराडिनालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

मध्यान्तरपछिको दोस्रो मिनेटमा सेर्डिक बाकाम्बुले गरेको गोलमा भिल्लारियलले अग्रता लिएको थियो । ६२औं मिनेटमा बाकाम्बुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । त्यसको दुई मिनेटपछि कार्लोस बाकाले गोल गर्दै भ्यालेन्सियाको सहज जित पक्का गरेका थिए।

यसअघि पहिलो लेगमा १–० को हार बेहोरको भिल्लारियल दोस्रो लेगमा हात पारेको जितपछि समग्रमा ३–१ को जित साथ अघिल्लो चरण प्रवेश गरेको हो।

बिहीबार सम्पन्न अन्य खेलमा जित हात पार्दै काडिच, स्पानियोल र आल्भेसले पनि अन्तिम १६ को यात्रा तय गरेका छन् ।
यसअघि मंगलबार र बुधबार सम्पन्न खेलमा जित हात पार्दै रियाल मड्रिड, लिगानेस, लाभोन्टे, सेल्टा भिगो  नेमार्सिया, बार्सिलोना र एट्लेटिको मड्रिडले प्रतियोगिताको अघिल्लो चरणमा स्थान सुरक्षित गरिसकेका छन्।

प्रकाशित: १६ मंसिर २०७४ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App