अस्वस्थ जीवनशैलीले मोटोपना बढ्दै

शनिबार, १६ मङि्सर २०७४, ०८ : २४ पवित्रा सुनार

फूर्तिलो शरीर देख्दा जो कोही पनि आकर्षित हुन्छन् नै । यस्तो शरीर भएका मानिसको जीवन पनि स्वस्थ हुन्छ । तर, पछिल्लो समय नेपालमा मोटोपना समस्याले विकराल रूप लिँदै छ । ‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्र रूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने, ‘उपचारमा आउने बिरामीमा गलत जीवनशैली अपनाउँदा मोटोपना देखिएको छ ।’ मोटोपना हुनु रोगको खानी भएकाले यसबाट बच्न उनको सुझाव छ । 

‘१० प्रतिशत मोटोपनाका बिरामी छन्,’ उनले भने । उनको क्लिनिकमा दैनिक १ सय ३० जना बिरामीको उपचार हुन्छ । 
टिचिङ काठमाडौं मेट्रो अस्पतालकी इन्डोक्राइनोजिस्ट डा. ज्योति भट्टराईले पनि दैनिक औसत चार जना मोटोपनाका मात्र बिरामी हेर्ने गरेको बताइन् । उनले दैनिक ६० जना बिरामी हेर्छिन् । ती सबै मोटोपनासँग सम्बन्धित रोगका छन् । उनका अनुसार पहिला ‘खान्दानी’ परिवारमा देखिने मोटोपना अहिले बालबालिका, महिला र विपन्न परिवारमा समेत देखिएको छ । यसको परिणाम ‘टाइप टु मधुमेह’ (सानै उमेरमा हुने मधुमेह) नै देखा परेको उनले बताइन् । ‘पाको उमेरमा हुने प्रकारको मधुमेह १७ वर्षमै देखिएको छ,’ उनले भनिन् । नेपालमा मोटोपनाको अवस्थाबारे अध्ययन नभएकोले यकिन तथ्यांक पाउन सकिँदैन । 

‘बालबालिकादेखि युवा र पाका उमेर समूहमा मोटोपनाको तीव्ररूपमा बढेको छ,’ अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले भने। 

चिकित्सकका अनुसार बढ्दो मोटोपनाले बालबालिकामा ‘टाइप टु मधुमेह’को जोखिम हुने गरेको छ । युवामा सानै उमेरमा उच्च रक्तचाप, मधुमेह, हृदयघात, घुँडाको हड्डी खिइने, युरिक एसिड, कोलेस्ट्रोल, श्वास फेर्न कठिन हुने, दम बढ्ने, मुटुमा असर, कलेजोमा बोसो जमेर लिभर सिरोसिस हुने जस्ता जोखिम हुन्छ । मोटोपनाले क्यान्सर र पक्षघातको समस्या उत्तिकै हुन्छ  । नेपालमा बढ्दो मोटोपनाले युवा उमेरमै हृदयघातको समस्या बढ्दो छ । ‘पाको उमेरमा हुने रोग युवामै देखिन थालेको छ,’ डा.भट्टराईले भनिन् ।  
चिकित्सकका अनुसार मोटोपना बढ्नुको मुख्य दुई कारण छ । पहिलो, खानपिन असन्तुलन तथा पर्याप्त व्यायाम अभाव । भात, आलु, जंकफुड, मैदाजन्य तथा बढी तेलयुक्त खाना खाँदा, खानामा क्यालोरीका सन्तुलन नमिलाउँदा मोटोपनाको जोखिम हुन्छ । यस्तै दैनिक टेबुल वर्क गर्ने, पर्याप्त हिँडडुल र व्यायाम नगर्ने, तनाव, डिप्रेसनलगायत कारणले पनि मोटोपनाको जोखिम हुन्छ । यी कारणले भएको मोटोपनालाई जीवनशैली परिवर्तन गरी सामान्य अवस्थामा फर्किन सकिने चिकित्सक बताउँछन् । 
मोटोपना बढाउने दोस्रो कारण हो, हर्मोनमा आउने गडवडी । शरीरमा हुने विभिन्न हर्मोनको सन्तुलन बिग्रेर मोटोपना बढाउँछ । हाइपो थाइराइड (थाइराइड हर्मोनको कमीले हुने),  महिलामा पोलिसिस्टिक हर्मोन गडवडी भई महिनावारी गडवडी हुने र मोटोपना बढी हुने गर्छ । एड्रिनल ग्रन्थीमा ट्युमर पलायो भने कुसिनोलन रोग लागेर मोटोपना बढाउँछ । मधुमेह लागिसकेपछि इन्सुलिन कम भएर मोटोपना बढाउँछ । 

‘पाकामा टेबुलवर्क गर्ने, स्कुलबाट गएका बालबालिका घरमा पुगेपछि पनि बसेरै खेलिने खेल खेल्ने, टेलिभिजनमा कार्टुन हेर्ने, टयाब्लेटमा खेल्ने गर्नाले शारीरिक व्यायाम पुग्दैन,’ डा. जोशी भन्छिन् । 
नियमित भोजनमा क्यालोरीको सन्तुलन नमिलाउनु तथा भात, आलु, मैदाजन्य खानेकुरा, जंकफुड बढी मात्रामा प्रयोग गर्नु नै नेपालमा मोटोपना बढ्नुको मुख्य कारण भएको उनी बताउँछिन् । यस्तो जीवनशैली नबदले यो समस्याले विकराल रूप लिने जोशीको भनाइ छ । 
चिकित्सकका अनुसार जाडो मौसममा मोटोपना बढ्ने सम्भावना उत्तिकै हुन्छ । यो मौसममा दिन छोटो हुने र रात लामो हुने हुनाले परिश्रम कम पर्ने, खाना अत्यधिक रुच्नेलगायत कारणले धेरै मोटाउँछन् । मोटोपनाको जोखिमलाई सन्तुलन राख्न समय मिलाएर व्यायाम गर्न तथा सन्तुलित भोजन खान चिकित्सक सुझाउँछन् । 

जुनसुकै कारणले मोटोपना भए पनि मुख्य चार उपायले मोटोपना घटाउन सकिने चिकित्सकको सुझाव छ । पहिलो सन्तुलित भोजन, दोस्रो व्यायाम, तेस्रो हर्मोन गडवडीको उपचार तथा तौल घटाउने औषधीको प्रयोग र चौंथो ब्यारेटिक सर्जरी । 
यीमध्ये तीन उपचार नेपालमै सम्भव छ भने सर्जरी गर्न भारत, थाइल्यान्डलगायत देश जानुपर्छ । व्यायाम र खानपिनले पनि नियन्त्रण गर्न नसकेपछि मात्र औषधीको प्रयोग र सर्जरीको उपाय अपाउनुपर्ने चिकित्सक सुझाउँछन् । 
हर्मोनको कारणले भएको मोटोपनालाई औषधीबाट नियन्त्रण गर्न सकिन्छ । 
जीवनशैलीको कारणले भएको मोटोपनालाई जीवनशैली परिवर्तन गरी नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य अनुकूल व्यायाम गर्ने, कार्बोहाइडेट भएका र चिल्लो बढी भएका कम खाने, खानामा सलाद, फलफूल र सागपातको बढी प्रयोग गर्ने, भुटेको, तारेको तथा जंकफुड नखाने, अण्डाको पहेंलो भाग र दूधको तर निकालेर मात्र खाए मोटोपना स्वतः घटाउन सकिन्छ । 
मोटोपना भएका व्यक्ति जो टेबुल वर्क गर्छन्, उनीहरूले व्यायाम गरेर मोटोपना हटाउन सक्छन् । जाडो मौसममा घाम परेपछि वा साँझपख हिँड्न सकिन्छ । अहिले सहरमा व्यायामका विविध उपाय छन् । 
व्यायाम केन्द्रमा जान नसक्नेले घरमै व्यायाम उपकरण राखेर या नृत्य गरेर पनि मोटोपना घटाउन सक्छन् । यसले मोटोपना नघटे चिकित्सकको निगरानीमा औषधीको प्रयोग वा शल्यक्रिया गर्न सकिन्छ । तर, यो उपचार महँगो भएकोले सबैको पहुँचमा छैन । शल्यक्रियाबाट मोटोपना घटाउनेले पुनः सन्तुलित भोजन नखाए समस्या दोहोरिने हुनाले उचित जीवनशैली नै उचित उपाय हो । 

चिकित्सकका अनुसार यी उपाय अपनाए मोटोपना घटाउन सकिन्छ । 
– खानामा भात, आलु तथा मैदाको कम प्रयोग गर्ने   
– गहुँ, मकै, चनाका परिकार खाने 
– बढी तेलयुक्त तथा तारेको खानेकुरा नखाने 
– मासुको प्रयोग बढी नगर्ने 
– खानामा सलाद तथा सागसब्जी समावेश गर्ने  
– अन्डाको पहेंलो भाग र दूधको तर निकालेर खाने 
– दैनिक कम्तीमा आधा घन्टा व्यायाम गर्ने
– नृत्य गर्ने तथा ब्याडमिन्टन खेल्ने 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad