निर्वाचनमा सहिदको तस्बिर प्रयोग नगर्न आयोगको निर्देशन

शुक्रबार, १५ मङि्सर २०७४, २० : २७ नागरिक

काठमाडौं- निर्वाचन आयोगले आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका तस्बिर, अडियो र भिडियो अनुचित रुपमा प्रयोग नगर्न निर्देशन दिएको छ ।

सहिदलाई प्रयोग गरेर मत माग्ने कार्य भइरहेतर्फ ध्यानाकर्षण भएको जनाउँदै आयोगले त्यस्तो कार्य नगर्न र नगराउन निर्देशन दिएको हो । ‘विशेष गरी प्रदेश नम्बर २ सहितको जिल्लामा विभिन्न समयमा भएका आन्दोलनका ध्वनि, दृश्य, तस्बिर, अडियो, भिडियो तथा सहिदका तस्बिर सामाजिक सञ्चारमाध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, यु ट्युब, ब्लग, अनलाइन समाचारमार्फत राखेको पाइएको छ,’ आयोगले भनेको छ, ‘त्यस्ता सामग्री निर्वाचन आचारसंहिताविपरीत भएका र त्यस्ता सामग्रीबाट आदरणीय सहिदहरुको सम्मानमा समेत आघात पुग्ने भएकाले निर्वाचन आचारसंहिताविपरीत त्यस्ता सामग्री तत्काल हटाउन आयोगले सम्बद्ध सबै प्रयोगकर्तालाई निर्देशन दिएको छ ।’ 

उक्त निर्देशन कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अनुगमनकर्तालाई निर्देशन दिएको पनि आयोगले जनाएको छ । ‘निर्वाचन आयोग राजनीतिक दल तथा उम्मेदवारबीचमा स्वस्थ प्रतिस्पर्धा, मैत्रीपूर्ण प्रचार होस् भन्ने चाहन्छ’, आयोगले भनेको छ ।
 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad