८ वैशाख २०८१ शनिबार
समाज

उम्मेदवारलाई लक्ष्य गरी बम विस्फोट

कपिलवस्तु- सिद्धराज नगरपालिका(९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले आज अपराह्न बम विस्फोट गराएको छ । 

विस्फोटका कारण सुलसमान चढेको एमए४३ए ८३०० नंको भारतीय जिपमा सामान्य क्षति भएको छ । विस्फोटबाट उहाँ सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटबाट जीपको झ्यालका सिसा फुटेको र टायरमा क्षति भएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए । 

घटनास्थल र विस्फोटबारे नेपाली सेनाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । निर्वाचन अवधिभर थप घटना हुन सक्ने भएकाले सो क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सघन रुपमा परिचालन गरिएको प्रजिअ मदन भुजेलले बताए ।

प्रकाशित: १५ मंसिर २०७४ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App