coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'वामगठबन्धनको दुई तिहाइ सपना मात्र'

राजविराज (रासस)-  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताएका छन्।

सप्तरी क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता सुमनले आज रासससँग कुरा गर्दै वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोवास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गरे।

नेता सुमनले वामगठबन्धनका पार्टीहरु मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरुलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी गरे।

वामगठबन्धनले बहुदलीयलाई दबाएर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाउँदै नेता सुमनले विभेद्कारी शक्ति परास्त नभएसम्म र मधेशमैत्री संविधान नबन्नेसम्म मधेशी जनताको आन्दोलन जारी रहने बताए।

मधेशी जनताको चाहनाअनुसार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन पनि आग्रह गरे।
 

 

प्रकाशित: १५ मंसिर २०७४ ०९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App