८ वैशाख २०८१ शनिबार
राजनीति

'सुरक्षामा सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण'

ताप्लेजुङ– निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।

निर्वाचन पछिको पछिल्लो अवस्था बुझ्ने क्रममा गृह जिल्ला ताप्लेजुङ आइपुगेका दाहालले शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त दाहालले निर्वाचन सम्पन्न भएदेखि मतगणनासम्मकै अवधिसम्म सरकारले सुरक्षा चुस्ता बनाइ राख्न आवश्यक रहेकोमा जोड दिए । दाहालले भने, ‘निर्वाचनका लागि आयोगले सबै तयारी अन्तिम अवस्थामा पुर्याएको छ । सरकारले सुरक्षामा कुनै पनि चुनौती नआउने गरी सुरक्षाको बन्दोबस्ती गर्नुपर्छ ।’

दाहालले आचार संहिताको पालनामा गम्भीर हुन सबै दल तथा उम्मेदवारहरुलाई आग्रह गरेका छन् । आचार संहिताको उल्लंघन गर्ने उपर निर्वाचन आयोग कठोर बन्ने मनस्थितिमा पुगेको दाहालले बताए । ‘आफैंले बनाएको नियम पालना गर्दिन भन्नु र नगरिनुले कसलाई नैतिक जोखिममा पार्छ ?’ दाहालले प्रश्न गरे । उनले आचार संहीताको उल्लंघनका बारेमा सुक्ष्म अनुगमन गर्न आयोगले बिशेष प्रकारको निगारानी बढाएको समेत जानकारी दिए ।

प्रकाशित: १५ मंसिर २०७४ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App