सहरी स्वाद

आयो योमरीको पर्व

शुक्रबार, १५ मङि्सर २०७४, १२ : २७ शान्ति लामा

इन्द्रचोकमा रहेको आकाश भैरवको चुरा पसलको गल्लीभित्र छ, सुरेश महर्जनको नेवारी खाजाघर । उनको पुरानो घरको तल्लो तलामा रहेको साधारण खालको खाजाघर बारा, समयबजी र योमरीका लागि प्रसिद्ध छ । नेवारी खाजा खाने धेरैको गन्तव्य बनेको छ, उनको पसल।

वर्षको १२ महिना अनि हप्ताको सातै दिन निकै व्यस्त हुन्छ, इन्द्रचोक । सामान्य दिनमा पनि बिहान सबैरदेखि बेलुका अबेरसम्म किन्ने–बेच्नेको भीडभाड  हुन्छ । त्यही भीडमा मिसिएर धेरैजना खाजा खान सुरेशको खाजाघरमा खाजा खान पुग्छन् । सुरेशको पसलमा हिजोआज रौनक अझ बढेको छ । कारण, योमरी पर्व नजिकिँदै छ । योमरी खानेदेखि अर्डर गर्नेको चहलपहल बढेको सुरेश बताउँछन् । उनी भन्छन्, ‘योमरी पर्वका बेला अरु बेलाभन्दा बढी नै योमरी खान आउँछन् ।’ योमरी पूर्णिमाका लागि अर्डर दिन पनि उनको पसलमा आउने गरेका छन् । तर, त्यस दिनका लागि उनले अर्डर लिने गरेका छैनन् । ‘योमरी पूर्णिमाका दिन त यहीँ खान आउनेलाई पु¥याउनै गाह्रो छ । बाहिरको अर्डर भ्याउन सकिन्न,’ सुरेन भन्छन् । तर योमरी पूर्णिमाको अघिल्लो दिनसम्मका लागि भने धमाधम अर्डर लिइरहेका छन् । 
बानेश्वर बस्ने अनुप थापाको समूह बुधबार साँझ योमरी अर्डर गर्न सुरेशको पसल आएका थिए । उनीहरूले खुवा र चाकुका ७० वटा योमरी अर्डर गरे । शनिबार साथीभाइको गेट टुगेदरका लागि योमरीको अर्डर दिन आएको अनुपले सुनाए । भने, ‘शनिबार साथीहरूको ग्यादरिङ छ । त्यसैले खाजाका रूपमा हामी योमरी खान लागेका हौँ ।’ योमरी पूर्णिमाको अघिल्लो दिन परेको हुनाले जमघटका लागि योमरी रोजेको उनी सुनाउँछन्।

त्यस्तै, बूढानीलकण्ठ स्कुलका विद्यार्थीहरू अनिषा श्रेष्ठ र आर्या मानन्धर पनि शनिबारका लागि योमरी अर्डर दिन सुरेशको पसल पुगे । स्कुलका साथी मिलेर शनिबार ड्राई पिकनिक जान लागेका उनीहरूले ५० वटा खुवा योमरी अर्डर गरे । अनिषा भन्छिन्, ‘हामी फरक–फरक संस्कृति र समुदायका साथी छौँ । नेवारभन्दा बाहेकका साथीहरूलाई पनि योमरी खुवाउँ भनेर पिकनिकका लागि योमरी रोजेका हौँ ।’ योमरी खुवाउने बहानामा अन्य समुदायका साथीलाई आफ्नो संस्कृतिबारे बुझाउने दाउमा छन्, काठमाडौंका अनिषा र आर्या। 

यसरी सुरेशको नेवारी खाजाघरमा आजभोलि अरु बेलाभन्दा फरक चहलपहल छ । साकाहारी नेवारी परिकार मात्र बन्ने उनको खाजाघरमा खुवा र चाकु भरिएको योमरी बनाइन्छ  । सुरेश भन्छन्, ‘नेवारी परिकारमा मासुको धेरै प्रयोग हुन्छ भन्ने मान्यता छ । तर, मासु नै प्रयोग नगरिएका नेवारी परिकार पनि निकै स्वादिला छन् । योमरी एउटा उदाहरण हो ।’ योमरी पूर्णिमाको समयबाहेक अन्य दिनहरूमा सामान्यतः चारदेखि पाँच किलो चामलको पिठोको योमरी बनाउने गरिएको उनी बताउँछन् । योमरी पूर्णिमाका दिन भने बिहानैदेखि योमरीकै व्यापार हुन्छ । उनको पसलमा चाकु योमरीको ३० रुपैयाँ र खुवा योमरीको ३५ रुपैयाँ प्रतिगोटा पर्छ । पाँच वर्षदेखि यो खाजाघर उनको पारिवारिक व्यवसायका रूपमा सञ्चालन भइरहेको छ। 

काठमाडौं उपत्यका धेरैका लागि चाखको विषय हुनुको एउटा कारण नेवारी संस्कृति हो । जात्रा पर्व, नाच, संगीत, भाषा, वेशभूषा नेवारी संस्कृतिका विभिन्न पाटाले यहाँको सांस्कृतिक सम्पन्नताका साधन हुन् । नेवारी परिकार पनि नेवारी संस्कृतिको अभिन्न पाटो हो । मौलिक नेवारी संस्कृतिबाट परिकार झिकिदिने हो भने संस्कृति नै अपूर्ण हुने तर्क गर्छन्, नेवाः लहना कीर्तिपुरका पवन गोपाली । त्यसैकारण नेवाः लहनाले मौलिक नेवारी परिकारको प्रवद्र्धन गरिरहेको छ । मौलिक नेवारी स्वादका लागि नेवाः लहना देश–विदेशमा चर्चित छ । सामान्य दिनमा तीनदेखि चार सय जनासम्म ग्राहकलाई सेवा दिने लहनामा पनि योमरी पूर्णिमा आउनै लाग्दा हिजोआज यसैको तयारी धमाधम चलिरहेको छ । नेवाः लहनामा सेफ समेत रहेका पवन भन्छन्, ‘अन्य दिनभन्दा तेब्बर संख्यासम्म ग्राहकलाई हामीले योमरी पूर्णिमाका दिन स्वागत गर्नुपर्ने हुन्छ । अन्य बेला योमरी नै खान आउने कम मात्र हुन्छन् । योमरी पूर्णिमामा भने अन्य परिकारभन्दा योमरी खाने धेरै आउँछन्।’ 

कीर्तिपुरमा अहिले सात गाउँले जात्राको मौसम छ । मंसिर शुक्ल सप्तमीदेखि पूर्णिमासम्म जात्राकै कारण व्यस्त हुने हुँदा कीर्तिपुरमा घरघरमै योमरी बनाएर पूर्णिमा मनाउने चलन नरहेको पवन बताउँछन् । तर, अन्य ठाउँबाट आउने स्वदेशी र विदेशी पाहुनाका लागि हरेक वर्ष लहनाले योमरीले स्वागत गर्दै आइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट धेरै पाहुना आउने गरेको उनले बताए । पर्यटकमा भने जापानी पर्यटकले योमरी रुचाउने गरेको उनी सुनाउँछन् । लहनामा बिल्कुल नेवारी स्वादको चाकु योमरी मात्र पाइन्छ । योमरीको एक सेटमा दुईवटा योमरी राखिएको हुन्छ, जसको मूल्य एक सय रुपैयाँ निर्धारण गरिएको छ । योमरी पुन्हीका दिन नेवार परिवारमा पकाइने योमरीको व्यावसायिकता पनि फैलँदै गएको नेवाः लहनाका सेफ पवन गोपाली बताउँछन् । योमरी पूर्णिमाका दिन योमरी खाने चलन अहिले नेवार समुदायमा मात्र नभई अन्य समुदायमा समेत फैलिएको छ। 

योमरीको सुरुवात
नेपाल भाषामा योमरीको अर्थ मनपर्ने रोटी अर्थात् मीठो रोटी हुन्छ । योमरी र योमरी पुन्ही पर्वको सुरुवातसम्बन्धी कथन पनि नेवार समुदायमा प्रचलनमा छ । कथनअनुसार योमरी बनाउने चलन पनौती क्षेत्रमा भएको हो । लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘हाम्रा सांस्कृतिक पर्व र जात्राहरू’ मा हिजोआज पनौती भनिने पाञ्चाल देशका सुचन्द्र नाम गरेका धर्मात्माले योमरी बनाएको उल्लेख गरेका छन् । धर्मात्मा सुचन्द्र दम्पतीले मंसिर शुक्ल पूर्णिमाका दिन योमरी नामक रोटी बनाई आफू खाई अरुलाई समेत खान दिएको कुरा लेखिएको छ । योमरी र योमरी पुन्हीको प्रचलन सुरु भएको विश्वासमा पनौतीमा योमरी स्तम्भ समेत निर्माण गरिएको छ। 

योमरीको पर्व
विभिन्न पर्वमा विभिन्न खानेकुरा खाने नेवारी संस्कृतिको विशिष्टता देखिन्छ । हरेक वर्षको मंसिर शुक्ल पूर्णिमाका दिनलाई योमरी पुन्हीको रुपमा मनाइन्छ । यस वर्षको योमरी पुन्ही आउँदो आइतबार परेको छ । धान्य पूर्णिमाका दिन मनाइने योमरी पून्ही भूमिको पूजाको स्वरूप समेत रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । उनी भन्छन्, ‘योमरी भोजन परिकारमा मात्र सीमित नरही भूमि अर्चना गर्ने संस्कारको  सूत्र पनि साबित हुन्छ ।’ उनी योमरी पुन्हीलाई सामाजिकीकरणको सूत्रका रूपमा समेत व्याख्या गर्छन् । भन्छन्, ‘बाल सामाजिकीकरणको पहिलो चरण योमरी चाडदेखि नै सुरु हु“दो रहेछ । योमरी चाडमै नेवार केटाकेटीहरू जुटेर मनोरम ढंगले आफूलाई समाजभित्र समावेश गर्छन्, हुल्छन् ।’ नेवारी परम्परामा योमरीका विभिन्न खाले गीत गाउने प्रचलन समेत रहेको जानकार बताउँछन्। 
नेवार समुदायमा योमरी सगुनमा पनि प्रयोग हुन्छ । भान्जाभान्जीको जोर जन्म दिनमा योमरीको माला लगाइदिने चलन रहेको संस्कृतिविद ग्वंग बताउँछन्। 

कसरी बनाइन्छ ?
अहिले योमरी विशेषगरी ताइचिन चामलको पिठोको बनाइन्छ । नेवाः लहनाका सेफ पवन गोपालीका अनुसार ताइचिन चामलको पीठो नरम र लस्सादार हुने भएकाले योमरी फुट्ने सम्भावना हुँदैन । पिठोको बोक्राभित्र चाकु, खुवा, नरिवल, तिल, काजु, पेस्ता, सुकुमेल अनि विभिन्न मसला लगायत सामग्री हालिएको हुन्छ । आकारका हिसाबले बायो र मायो दुई प्रकारका योमरी बनाउने चलन रहेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । योमरी विशिष्ट सीप, श्रम र प्रविधिको नमुना रहेको उनी बताउँछन् । योमरीलाई पानीको बाफमा बफाएर पकाइनु प्राविधिक नमुना रहेको उनको तर्क छ। 







यसमा तपाईको मत


अन्य समाचार

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...