७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शंका नगर्नुस् : निर्वाचन आयुक्त पौड्याल

पर्वत– निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि कुनै शंका नगर्न आग्रह गरेका छन् । यहाँका राजनीतिक दल र पत्रकारसँगको संयुक्त अन्तरक्रियामा पौड्यालले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनका लागि सबै उपाय अपनाएको बताए ।

‘विगतमा के के भए भन्ने कुरा अव ननिकालौ तर अव कसैले पनि निर्वाचनमा धाँधली भयो भन्ने अवस्था नै रहदैन,’ उनले भने । क्षेत्रीय प्रशासक र ४ नम्बर प्रदेशका सुरक्षा प्रमुखलाई हेलिकप्टरमा सँगै लिएर आएका पौड्यालले शान्ति सुरक्षाको अवस्था, आचारसंहिता पालना भए÷नभएको, तत्काल निर्वाचन आयोगले लिनुपर्ने रणनीति बुझ्नका लागि आफू आएको उनले बताए ।

पौड्यालले निर्वाचन शान्तिरुपमा सम्पन्न भएपनि पछि धाँधली भएको, बुथ कब्जा गरिएको भन्नेजस्ता अर्नगल प्रचार आउने गरेको दाबी गरे । उनले मतदान प्रक्रियालाई स्वतन्त्र र निष्पक्ष बनाउनकै लागि हरेक मतदान केन्द्रमा दलका प्रतिनिधि राख्ने ब्यवस्था गरिएको र तलमाथि भए त्यही ठाउँमा प्रश्न उठाउनुपर्ने बताए ।

‘पछि गलत कुरा उठाउनुको कुनै अर्थ रहदैन, मतदान केन्द्रमा दलका प्रतिनिधि राखिएकोले कसैले गलत गतिविधि गरे, त्यही प्रश्न उठाउन पाइन्छ,’ उनले भने– ‘मतदान सकिएपछि यसो भयो र उसो भयो भन्नु राम्रो होइन ।’

यसैगरी क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले मतदानदेखि मतगणनासम्म सुरक्षाको भरपर्दो ब्यवस्था मिलाइएको बताए । निर्धक्क भएर मतदान गर्न आग्रह गर्दै अर्यालले बुथकब्जाको कसैले सपना नदेख्न आग्रह गरे । ‘सुरक्षा ब्यवस्थाले कसैले पनि गलत मासनय गर्ने अवस्था नै छैन’ उनले भने । मतदान, मतपेटिका धुँवानी, मतपेटिको सुरक्षा र मतगणनासम्म सबै ब्यवस्थापनको तयारी भइसकेको जानकारी दिए ।

प्रकाशित: १५ मंसिर २०७४ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App