कर्मशील महिला

शुक्रबार, २१ साउन २०७३, ११ : ०७ नागरिक

राष्ट्रिय जनगणना २०६८ अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या ३ प्रतिशतले बढी छ। अर्कोतर्फ संयुक्त राष्ट्रसंघीय मानव विकास प्रतिवेदन २००४ ले कृषि उत्पादनमा महिलाको योगदान ६०.१ प्रतिशत देखाएको छ। तर तिने महिलाको आफैँ रातोदिन काम गर्ने जमिनमा भने खासै स्वामित्व देखिन्न। यो बल्लतल्ल १९ प्रतिशत पुगेको छ। हाल उच्च निजामती पदमा महिला ८६२ जनामात्र हुनुले पनि नेपाली महिलाको दयनीय स्थिति प्रष्टिन्छ। नेपाली समाजमा लामो समयदेखि जरा गाडेको पितृसत्तात्मक सोचले गर्दा महिला र पुरुषबीच समविकासमा ठूलो खाडल खनिँदै गएको छ। कसैले पत्याए पनि वा नपत्याए पनि नेपालमा पुरुष र महिलाबीचको सामान्य फरक यही हो।

अझ यसमा पनि सीमान्तकृत महिलाको अवस्था झनै दयनीय छ। त्यसमा पनि प्ााखो, भिरालो र दुर्गम स्थानमा बसोबास भएका तामाङ महिलाको स्थिति झनै दुःखमय छ। टाढा जानै पर्दैन, राजधानीसँग जोडिएको ललितपुरको भारदेउ र चौघरेमा बसोबास गर्ने तामाङ समुदायका महिलाकै स्थिति हेर्ने हो भने पनि उनीहरु कति पछि छन् भन्ने देखिन्छ।

तर पछिल्लो समय भने उनीहरुको जीवनस्तरमा सुधार आएको छ। ज्ञान तथा सिपमा आधारित लघु उद्यमका माध्यमबाट उनीहरुले गरेका प्रगतिले महिला सशक्तीकरणमात्र भएको छैन, आर्थिकदेखि सामाजिक–राजनीतिक अवस्थामा पनि सुधार आएको छ। आर्थिक गतिविधिमा आधारित सिप, ज्ञान र अवसर सिर्जना गरी व्यक्तिगत हैसियतमा परिवर्तन ल्याउने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत ससाना उद्यममा संलग्न हुन थालेपछि यतिबेला सीमान्तकृत महिलाले पनि गर्न चाहेमा निकै उपलब्धि हासिल गर्न सक्दा रहेछन् भन्ने प्रमाणित भएको छ।

भ्ाारदेउ सामाजिक दृष्टिले मात्र होइन, भौगोलिक दृष्टिले पनि अत्यन्त सुन्दर र रमणीय गाउँ हो। उत्तरी भेगमा बाक्लो घना वनजंगलसहित भिरालो जमिनमा अवस्थित यो गाउँ अहिले कर्मशील महिलाका कारण निकै परिवर्तन भएको छ। हिजोका दिनमा घरमा कोही नयाँ मानिस आयो भने हत्त न पत्त भित्र पस्ने महिला अहिेले हरेक नयाँ मानिससँग आफँै सोधपुछ गर्ने र परिचय गर्ने अवस्थामा पुगेका छन्। घरका बाहेक अरुसँग बोल्नै रातोपिरो हुने ती महिला कार्यक्रमहरुमा भाषण नै गर्न तम्सन्छन् अचेल। आर्थिक अवस्था सुधि्रएपछि अन्य क्षेत्रमा पनि सुधार हुन्छ भन्ने प्रमाण हो यो।

यहाँका तामाङ समुदायको आफ्नै खेती खासै छैन भन्दा पनि हुन्छ। तर 'जहाँ इच्छा, त्यहाँ उपाय' भनेझैँ उनीहरुले बगरमा तरकारी खेती गरेर हजारौँ आम्दानी भित्र्याउने गरेका छन्। कोही गोलभेडा लगाउँछन् त कोही अन्य मौसमी र बेमौसमी तरकारी। कोही बंगुर पालनमा लागेका छन् त कोही कुखुरा पालनमा। यस्तो कर्मले उनीहरुलाई टाठो त बनाएको छ नै, साथै आत्मविश्वास पनि वृद्धि गराएको छ। त्यसैले अभूतपूर्वरूपमा गाउँका कुनै पनि कार्यक्रममा सक्रिय सहभागिता देखाउन थालेका छन् तामाङ महिला।

भारदेउका अधिकांश पुरुष खाडी मुलुक पुगेका छन्। यस्तो अवस्थामा घरमा रहेका बालबालिकादेखि वृद्धवृद्धासम्मको हेरचाहमात्र हैन, पालनपोषणको समेत जिम्मा यिनै महिलाको काँधमा छ। अरुकै भए पनि खेती गरिदिएर जीविका गुजार्नुपर्ने बाध्यता पनि छँदैछ। यस्तो अवस्थामा यी सब कामलाई जारी राख्दै गाउँकै स्रोतमा आधारित उद्यम अपनाउनु र आफ्नो जीवनचर्या सहज बनाउनु उनीहरुका लागि निकै ठूलो उपलब्धि मान्नुपर्ने हुन्छ। यतिमात्र हैन, यस्ता कर्मशील महिलाको काम अनुशरण गर्न सके अन्यत्रका महिलाले पनि सुख अनुभूत गर्ने दिन नआउला भन्न सकिन्न।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

Ncell Footer Ad