coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

काखबाट छुटेर खोँचमा पुग्दा पनि बाँचे १० महिने बालक

दुर्घटनापछि उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा प्रथामिक उपचार हुँदै गरेका अार्यन थापा ।फोटो सौजन्य: सञ्जय पोखरेल

चितवन - आठजना यात्रुको ज्यान गएको बुधबारको चुम्लिङटार बस दुर्घटनामा एकजना १० महिने बालक भने संयोगले बाँचेका छन् । दुखको कुरा उनको आमाको अवस्था भने अज्ञात नै छ । बस सडकबाट लगभग डेढ सय मिटर तल खसेको थियो । ती शिशु नदी किनारमा रुँदै गरेका भेटिएका थिए । 
ती शिशु को थिए ? धेरैले चासो लिए । आफन्तहरु खोज्दै आएपछि ती बालक काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क जान बसमा आमासँगै आएको पत्ता लाग्यो । तर बुधबार र बिहिबार दिनभर खोज तलास गर्दा पनि आमाको अवस्था थाहा हुन सकेको छैन । 

बस दुर्घटना हुँदा आमाको काखबाट फुत्केर नदीको खोँचमा पुगे पनि सकुशल रहेका शिशु  हुन् अर्घाखाँचीको सन्धीखर्क–३ बसपार्क घर भएका आर्यन थापा । उनी १० महिनाअघि जन्मेका हुन् । ‘जन्मदै खुट्टामा समस्या थियो । एक महिनाको भएपछि उपचार सुरु भएको हो ।

बस दुर्घटना हुँदा आमाको काखबाट फुत्केर नदीको खोँचमा पुगे पनि सकुशल रहेका शिशु  हुन् अर्घाखाँचीको सन्धीखर्क–३ बसपार्क घर भएका आर्यन थापा । उनी १० महिनाअघि जन्मेका हुन् । ‘जन्मदै खुट्टामा समस्या थियो । एक महिनाको भएपछि उपचार सुरु भएको हो । उसैको उपचारका लागि आमा मनिषा काठमाडौं गएकी थिइन् । घर फर्कदा यस्तो घटना भएछ’ बालककी ठुली आमा विष्णु थापाले भनिन्।

बालकको भरतपुरमा रहेको चितवनको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सघन उपचार कक्ष (आईसीयु)मा बालकको उपचार भइरहँदा उनलाई कुर्न अर्घाखाँचीदेखि आफन्तहरु भरतपुर आएका छन् । प्रहरीले आमाको दुई दिनसम्म खोजी गर्दा पनि केही पत्ता लगाउन सकेको छैन । बस भने त्रिशुली नदीभित्र लगभग २५ मिटर तल देखिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

‘दुर्घटना भएको समयमा हाम्रो कार्यालयका सइ शभ्मु चौधरीको टोली गस्तिमै थियो । घटना थाहा पाएर जाँदा बच्चासहित धेरै घाइतेहरु सडकदेखि तल नदी किनारमा भेटिएका थिए । रुदै गरेको बच्चालाई उद्धार गरेर उपचारका लागि पठाएको हो’ इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीले भने । आमा हराइरहेको जानकारी आएको र खोजी जारी रहे पनि केही पत्ता नलागेको उनले बताए । 

मनिषाका श्रीमान सुन्दर रोजगारका लागि साउदी अरब गएका छन् । उनको सात वर्षको अर्को छोरा पनि छ । ‘म घटना भएको थाहा पाएपछि घरबाट हिँडेको बुधबार राति ११ बजे मात्रै अस्पताल आए । देवर बाबु अर्थात बच्चाको बाबा विदेशमा हुनुहुन्छ । छोराको उपचार गर्न काठमाडौं गएकी देउरानी मनिषाको अवस्था दुर्घटनापछि केही थाहा पाइएको छैन । बच्चा त अहिले राम्रै छ । आमा नभेटिदा सबै दु:खी छौं’ विष्णुले भनिन् । 
पृथ्वीराजमार्गको मुग्लिन नजिक चुम्लिङटारमा बुधबार बिहान सवा नौ बजे यात्रु बस सडकबाट त्रिशुली नदीमा खस्दा आठजनाकोे निधन भएको थियो । चितवन प्रहरीले दिएको जानकारी अनुसार सो घटनामा २५ जना यात्रु घाइते भएका थिए । काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको यात्रु बस इच्छाकामाना गाउपालिका वडा नं. ३ मा सडकबाट तल खसेको थियो ।


     

प्रकाशित: १५ मंसिर २०७४ ०४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App