coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोना अन्तिम १६ मा

मड्रिड– साबिक विजेता बार्सिलोनाले बुधबार दोस्रो लेगमा रियाल मर्सियालाई ५–० को नतिजामा पराजित गर्दै कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ।

१५औं मिनेटमा फ्रन्सिस्को अल्कासरले गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । ५६औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसको चार मिनेटपछि एलेक्स भिडालले गोल गर्दै टोलीको अग्रता ३–० ले फराकिलो पारे। 

७४औं मिनेटमा डेनिस स्वारेज र त्यसको पाँच मिनेटपछि जोस अर्नियाजले गोल गरेपछि बार्सिलोनाको सहज जित पक्का भएको थियो।

पहिलो लेगमा ३–० को विजयी नतिजा निकालेको बार्सिलोनाले यस जितपछि समग्रमा ८–० को जितका अघिल्लो चरणको टिकट काटेको हो।

यता फर्नान्डो टोरेसले सिजनको पहिलो गोल गरेको दिन एट्लेटिको मड्रिडले इल्चेलाई ३–० को नतिजामा पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गरेको छ।

३०औं मिनेटमा जोस जिमिनेजले गरेको गोलमा एट्लेटिकोले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि टोरेसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । खेल सकिन २२ मिनेटअघि टोरेजले व्यक्तिगत दोस्रो गोल पूरा गरेपछि एट्लेटिकोले सहज जित हात पारेको हो।

यसअघि पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको एट्लेटिकोले समग्रमा ४–१ को नतिजाका साथ अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

त्यस्तै विसाम बेन याडरको दुई गोलप्रेरित सेभियाले पनि कार्टेज्नालाई ४–० को नतिजामा पराजित गर्र्दै प्रतियोगिताको अन्तिम १६ मा स्थान पक्का गरेको छ । पाउलो गान्सो र ज्याक्युन कोरियाले १÷१ गोल गरेका थिए।

पहिलो लेगमा ३–० को नतिजा हात पारेको सेभिया समग्रमा ७–० को सानदार जितका साथ अघिल्लो चरण प्रवेश गरेको हो।

त्यस्तै लस पालमस, लेडिया स्पोर्टिन, एसडी फोरमेन्टेराले पनि अन्तिम १६ को यात्रा तय गरेका छन्।
यसअघि  मंगलबार सम्पन्न खेलमा जित हात पार्दै रियाल मड्रिड, लिगानेस, लाभोन्टे, सेल्टा भिगो र नेमार्सियाले प्रतियोगिताको अघिल्लो चरणमा स्थान सुरक्षित गरिसकेका छन्।

प्रकाशित: १५ मंसिर २०७४ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App