८ वैशाख २०८१ शनिबार
खेल

बक्सिङका सेमिफाइनल शनिबार

काठमाडौं– नेपालमा व्यावसायिक बक्सिङको रूपमा आयोजना गरिएको च्याम्प अफ दी च्याम्पियन्सका सेमिफाइनल खेलहरू शनिबार हुने भएका छन्। 

महाराजगन्जस्थित जिमखानामा हुने सेमिफाइनलमा सरोस सेवा र यादव थापाले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा मनीष डंगोलले सुरेन्द्र कार्कीसँग खेल्नेछन्। 

प्रतियोगिताका आयोजक म्याक्स बक्सिङ प्रमोसन र डान्सिङ याकले सेमिफाइनलको तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए । अघिल्ला चरणका खेलहरू अघिल्लो महिना भएका थिए।  

नेपाल प्रोफेसनल बक्सिङ कमिसनको सहयोगमा भइरहेको प्रतियोगिताको फाइनल माघ १६ मा हुने आयोजक म्याक्स बक्सिङ प्रोमोसनका अध्यक्ष म्याक्स बस्नेतले बताए । प्रतियोगिताको विजेता खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। 

यसै गरी च्याम्पियनलाई मोटरबाइक पुरस्कार दिने तयारी पनि गरिरहेको बस्नेतले बताए । यसै गरी प्रतियोगिताका विजेता खेलाडीले बेल्जियममा ३ महिना प्रशिक्षणको अवसर पाउने बस्नेतले पत्रकार सम्मेलनमा बताए। 

प्रकाशित: १५ मंसिर २०७४ ०४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App