coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिडिया सोसाइटीको आपत्ति

काठमाडौं– आमनिर्वाचनको विज्ञापनका बारेमा निर्वाचन आयोगले देखाएको चासोप्रति नेपाल मिडिया सोसाइटीले आपत्ति जनाएको छ। 

प्रतिनिभिसभा र प्रदेशसभाका लागि राजनीतिक दलले मूलधारको पत्रिका र टिभी/रेडियोमा दिइएको विज्ञापनका बारेमा आयोगले पत्र काटेपछि सोसाइटीले आपत्ति जनाएको हो। 

‘चुुनावका बेला राजनीतिक दलले पनि विज्ञापन गर्छन्, मिडियाका लागि विज्ञापन अक्सिजनमात्र नभएर सार्वभौम अधिकार हो’, सोसाइटीले भनेको छ, ‘तर केही दिनअघि निर्वाचन आयोगले विभिन्न सञ्चारमाध्यमलाई राजनीतिक विज्ञापन प्रकाशन र प्रसारण गरेकोमा आचारसंहिता उल्लंघन भएको भन्दै कारबाहीसमेत गर्ने धम्कीको घटनाले हामीलाई गम्भीर बनाएको छ ।’ उक्त विज्ञप्तिमा अध्यक्ष पुष्करलाल श्रेष्ठ  र महासचिव शुभशंकर कँडेलले हस्ताक्षर गरेका छन्। 

देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र जनताको सुसूचित हुन पाउने अधिकारलाई सर्वोपरी ठान्ने मूलप्रवाहको मिडियालाई कुनै पनि पक्षबाट दक्खल दिने काम नगर्न सोसाइटीले सचेत गराएको छ । ‘साथै सञ्चारमाध्यमको विज्ञापनको कानुनले निषेध नगरेको विषयमा विज्ञापन अधिकारमाथि प्रश्न नउठाइयोस् भन्नेतर्फ पनि हामी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको सम्मुखमा कुनै पनि पक्षबाट निर्वाचनविरोधी क्रियाकलाप र मिडियालाई हत्तोत्साहित हुने कार्य गर्ने गराउने कार्य हाम्रा लागि स्वीकार नहुनेबारे सबन्धित सबैलाईसचेत गराउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ मंसिर २०७४ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App