७ वैशाख २०८१ शुक्रबार
राजनीति

शीर्ष नेता आफ्नै क्षेत्रमा सीमित

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका शीर्ष नेताहरुलाई चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्रबाट निस्कन गाह्रो भएको देखिएको छ।  

अघिल्ला निर्वाचनमा शीर्ष नेताहरु देशव्यापी रुपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिए पनि यसपटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन्। 

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीले दुई दर्जन बढी चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । दुवै पार्टीका अन्य शीर्ष नेता भने आफ्नै क्षेत्रमा मात्र चुनावी अभियानमा सक्रिय छन् । प्रधानमन्त्री देउवा आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा एकपटक मात्रै गएका छन् । उनले उम्मेदवारी पनि वारेसनाममार्फत नै गराएका थिए । चुनावमा देशव्यापी रुपमा चुनाव सक्रिय हुने शीर्ष नेतामध्ये कांग्रेस सभापति देउवा अग्रस्थानमा छन्।  


अघिल्ला निर्वाचनमा शीर्ष नेताहरु देशव्यापी रुपमा दौडधुप गरेर पार्टी र उम्मेदवारका पक्षमा मत माग्न सक्रिय देखिए पनि यसपटक भने त्यस्तो दृश्य कमै देख्न पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य शीर्ष नेताहरू चुनाव प्रसारमा आफ्नै क्षेत्रमा सीमित छन् ।

एमाले अध्यक्ष ओलीले पनि दुई दर्जन बढी चुनावी सभामा सम्बोधन गरिसकेका छन् । ‘अध्यक्ष ओलीले देशव्यापी रुपमा दुई दर्जन बढी चुनावी सभामा भाग लिनुभयो । अहिले उहाँ ३ दिनका लागि झापामै हुनुहुन्छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले नागरिकसँग भने, ‘मंसिर १६–१८ मा फेरि देशव्यापी चुनावी सभा हुनेछन् ।’ त्यसो त अध्यक्ष ओलीले बढीजसो समय गृहजिल्लामा बिताएका छन्। 

अघिल्ला निर्वाचनमा एकजना दुईदुई स्थानबाट उठ्न पाउने कानुनी प्रावधान थियो । यसपटकदेखि त्यस्तो प्रावधानमा अंकुश लगाउँदै एकजना एक निर्वाचन क्षेत्रबाट मात्रै चुनाव लड्न पाउने व्यवस्था गरेपछि नेताहरु परिणाम आफ्नो पक्षमा पार्न आफ्नै क्षेत्रमा केन्द्रित भएका हुन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन–३ मा एक सातादेखि ढुक्कै बसिरहेका छन् । चितवनबाहिर उनको कार्यक्रम राखिएको छैन । दाहालसँग लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धामा छन् । ‘अध्यक्ष दाहाल शुक्रबार काठमाडौंका तीन सभा र शनिबार नवलपरासी तथा कपिलवस्तुका सभामा सहभागी हुने कार्यक्रम छ । त्यसपछि उहाँ चितवनमा रहनुहुनेछ,’ दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले भने। 

पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल र झलनाथ खनालले पनि अधिकांश समय आफ्नै क्षेत्रमै बिताएका छन् । कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला र विमलेन्द्र निधि तथा राप्रपा अध्यक्ष कमल थापा आफ्नै क्षेत्रमा सीमित छन्। 
यसअघि दुई क्षेत्रबाट विजयी एमाले नेता नेपाल यसअघि छाडेको काठमाडौं–२ मा फर्केर आएका छन । गृहजिल्ला रौतहट–१ छाडेर काठमाडौं फर्केका नेपालसँग कांग्रेसका दीपक कुइँकेल र विवेकशील साझाका डा. सूर्यराज आचार्य प्रतिस्पर्धामा छन्। 

पूर्वप्रधानमन्त्री खनाल पनि इलामबाट  बाहिर गएको देखिएको छैन । प्रदेश १ मा नै बढी सीमित खनाल केही दिनका लागि भने काठमाडौं आएका थिए। 

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि निर्वाचन अवधिभर गोरखा–२ छाडेनन् । कांग्रेसको समर्थन प्राप्त गरे तापनि एमालेको समेत समर्थन प्राप्त माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले चुनौती दिएपछि भट्टराई निर्वाचन अवधिभर जिल्लामै सीमित भए। 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश समय तनहुँ–१ मा बिताएका छन् । कांग्रेसका अर्का नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी र वाम गठबन्धनको दबाबका कारण नेता पौडेलमाथि चर्को दबाब छ । एमाले उम्मेदवार किसन श्रेष्ठको उम्मेदवारीले नेता पौडेललाई चर्को दबाबमा राखेको हो । चुनाव प्रचारका क्रममा तीन दिन मात्रै जिल्लाबाहिरका कार्यक्रममा सहभागी भएका पौडेल तनहुँ–१ मै सीमित छन्।

राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेले समर्थन गरेपछि झापा–३ का कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलामाथि चर्को दबाब परेको छ । त्यसैले उनी सिटौला आफ्नो क्षेत्रको चुनावी प्रचारमा व्यस्त छन्। 

धनुषा–३ बाट राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो उठेपछि कांग्रेस नेता विमलेन्द्र निधि दबाबमा परेका छन् । चुनावी दौडधुपका कारण बिरामी परेका निधि एक साता काठमाडौंमा आराम गरेपछि धनुषा फर्किएका छन् । सो क्षेत्रमा एमालेले उम्मेदवारी नदिएको र जातीय भोट महतोका पक्षमा जाने डरले उनी आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर जान नसकेका हुन्।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रको उम्मेदवारीले दबाबमा परेका कांग्रेसका अर्का नेता प्रकाशमान सिंह पनि आफ्नो क्षेत्र काठमाडौं १ बाट चुनाव प्रचारका लागि अन्यत्र जान सकेका छैनन् । यसअघि २–२ पटक जितेका सिंहलाई नेपाली कांग्रेस (बिपी) का हरिबोल भट्टराई पनि चुनौती बनेका छन्।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ मा निर्वाचन अवधिभर सक्रिय रहे । राप्रपा अध्यक्ष कमल थापा मकवानपुर–१ लाई प्राथमिकतामा राखेर चुनावी अभियानमा केन्द्रित छन् । कांग्रेसको समर्थन पाएका थापासँग वाम गठबन्धनका कृष्णप्रसाद दाहाल मैदानमा छन् । नयाँ शक्ति नेपालका उम्मेदवार प्रह्लाद लामिछाने एमाले प्रवेश गरेपछि थापामाथि थप दबाब परेको छ। 

संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले पनि सप्तरी–२ को निर्वाचन क्षेत्र छाडेका छैनन् । यसअघि सुनसरीबाट जित्दै आएका यादवलाई माओवादी केन्द्रका उमेश यादवले चुनौती दिएका छन्।

राजपा अध्यक्षमण्डलका नेतामध्ये अनिलकुमार झा रौतहट–१ मा सीमित छन् । उनलाई वाम गठबन्धनका सत्यनारायण भगत र कांग्रेसका कृष्ण यादवले कडा चुनौती दिएरहेका छन्। 

महोत्तरी–३ मा महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका विजय चौधरीले चुनौती दिइरहेका छन् ।  अर्का नेता महेन्द्रराय यादवलाई कांग्रेसका जंगीलाल रायले सर्लाही–२ मा चुनौती थपिरहेका छन्। 

प्रकाशित: १५ मंसिर २०७४ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App