८ वैशाख २०८१ शनिबार
समाज

माओवादी आक्रमणमा परी घाइते परिवारलाई गाउँ फर्किन डर

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार गराईरहेका घाईते विष्णु केसी । तस्बिर : अर्जुन ओली

नेपालगन्ज- माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका रोल्पा सुर्वणावती गाउँपालिका–६ गजुल, दलंगा निवासी विष्णु केसीको परिवारले थप असुरक्षा महसुस गरेको छ । चुनावको रिस फेर्दै माओवादी केन्द्रका स्थानीय कार्यकर्ता गोपाल महरालगायतको समूहले यही मंसिर १२ गते बेलुका २६ वर्षीय केसीलाई घर नजिकै आक्रमण गरेको थियो ।

आक्रमणपछि बेहोस् भएका उनलाई परिवारले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पामा प्रारम्भिक उपचार गराई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याएर भर्ना गरेका छन् । खत्रीको अहिले होस् खुलेपनि उनको टाउकोमा गम्भीर चोट छ । चिकित्सकले उनको टाउकोमा ७ वटा टाँका लगाइदिएका छन् । अहिले पनि राम्ररी बोल्न सक्दैनन् ।

घटनाले खत्रीको परिवारलाई त्रसित बनाएको छ । घाइते श्रीमानको उपचारका लागि नेपालगन्ज आएकी सलिना थापा(केसी)ले नागरिकन्युजसँग भनिन्, ‘उनीहरु मरिसक्यो भनि छाडेर गएका रहेछन, भगवानको भाग्यले श्रीमानको ज्यान त बच्यो, तर फर्केर गाउँमा गएपछि फेरि पनि मार्ने त होलान् ।’ घटनामा संलग्न व्यक्तिहरु अहिले पनि गाउँ वरिपरि घुमिरहेकाले आफूहरुको ज्यान असुरक्षित भएको उनले बताइन् । ‘उपचार गराएर फर्केर गाउँमा जाने त हो, तर त्यहाँ शान्ति सुरक्षा बिना कसरी बस्ने ?’ उनी प्रश्न गर्छिन् । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डीएसपी) ज्ञानेन्द्र फुयालले घटनामा संलग्न माओवादी कार्यकर्तालाई खोजी गरिरहेको बताएका छन् । ‘पीडित पक्षले अहिलेसम्म निवेदन दिनुभएको छैन, उहाँहरु उपचारकै क्रममा हुनुहुन्छ, तरपनि हामीले संलग्न व्यक्तिको खोजी गरिरहेका छौ,’ डिएसपी फुयालले टेलिफोनमा भने ।

यसरी भयो आक्रमण
गत स्थानीय तहको निर्वाचनमा सुर्वणावती गाउँपालिका–६ अन्र्तगत पर्ने जनज्योती उच्च माध्यामिक बिद्यालय मतदान चलिरहेको थियो । उक्त केन्द्रमा नेपाली कांग्रेसका तर्फबाट केसी एजेण्ट बसेका थिए । वैदेशिक रोजगारीमा गएका एक व्यक्तिको नाममा माओवादी केन्द्रका कार्यकर्ताले भोट हाल्दै गरेको सुईको पाएपछि केसीले ड्युटीमा रहेको प्रहरीलाई खबर गरिदिएका थिए । ‘सोधपुछ गर्दा माओवादी कार्यकर्ताले अर्काको नाममा भोट हालेको पुष्टि भयो र प्रहरीले नियन्त्रणमा लिएर थुनेको थियो, त्यो घटनापछि विष्णु केसीलाई माओबादीले नराम्रो नजरले हेर्दै आएको थियो,’ स्थानीय काँग्रेस कार्यकर्ता भन्छन् ।

मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि केसीलाई काँग्रेसले एजेण्टमा बसाउन लागेको कुरा माओवादीले थाहा भयो । ‘मौन अवधिको समयमा चुनावको अघिल्लो दिन राति पौने ११ बजेतिर माओवादी कार्यकर्ताले हाम्रो घर घेरेर ढोका फोड्न थाले,’ सलिनाले भनिन्, ‘अब यिनीहरुले मार्ने नै भए भन्ने ठानेर मैले ढोका खोलिदिए, मेरो मुख हेरेर उनीहरु त्यो रात धम्की मात्रै दिएर फर्किए ।’
   
आफ्नो कार्यकर्तालाई धम्की दिएको भन्दै नेपाली कांग्रेस गाउँ इकाई समितिले चुनावको भोलिपल्ट दिउँसो विज्ञप्ती निकालेर भत्र्सना ग¥यो । ‘त्यो दिन बेलुका फेरि माओवादी कार्यकर्ता गोपाल महरासहितको समूह आएर भाईलाई आक्रमण गर्ने खोज्यो, सबै दाजुभाई मिलेर छुटायौं,’ विष्णुका दाई किम केसीले भने । त्यसको भोलिपल्ट मंसिर १२ गते बेलुका पौने ६ बजेतिर घर नजिकै हिँडिरहेका बेला पछाडिबाट माओबादी कार्यकर्ताले आक्रमण गरी घाईते बनाएको उनले बताएका छन् । ‘मेरो भाइले गल्ती गरेको छ भने यसले सजाय भोग्नुपर्छ, नत्र आक्रमणमा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ,’ घाइते विष्णुका अर्का दाई झक्कु केसीले भने ।

प्रकाशित: १४ मंसिर २०७४ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App