coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांगेसले गर्छ संविधान संसोधन : प्रम देउवा

वीरगन्जमा आयोजित काँग्रेसको चुनावी सभा र संबोधन गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवा । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज– नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन गर्न नदिएको आरोप लगाउदै कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको दाबी गरेका छन् ।

बिहान ११ बजे हुने भनिएको सभामा देउवा साँझ ४ बजे पुगेका थिए । करिब १० मिनेट सभालाई समबोधन गरेपछि पर्साबाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरुको सूचीमा उल्लेखित नामहरु वाचन गरेर ती सबैलाई जिताउन आग्रह गर्दै भोट मागेर फर्के ।
बिहीबार आयोजित चुनावी सभामा कांग्रेस सभापति देउवाले एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको भन्दै सचेत रहन सबैसँग आग्रह गरे । कम्युनिष्टहरुले जिते अब पनि संविधान संशोधन हुन नसक्ने उनको दाबी थियो । ‘नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारहरुलाई बहुमतसाथ जिताउनुस, संविधानमा आवश्यक संशोधन हामी गर्छौ,’ देउवाले भने, ‘कम्युनिष्टले जिते लोकततन्त्र खतरामा पर्ने छ अहिले देश र लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने काँग्रेस नै एकमात्र शक्ति छ ।’

‘स्थानीय तहको निर्वाचन सम्पन्न भएर अब प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि देशले राजनीतिक स्थायित्व पाउने छ,’ उनले भने ‘मुलुकलाई संक्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायित्व दिने दिशामा नेपाली कांग्रेस नेतृत्वको सरकार लागिपरेको छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धितिर देशलाई लैजान यो निर्वाचन महत्वपुर्ण हुने छ ।’ संविधान कार्यान्वयनपछि मुलुकमा राजनीतिक स्थायित्व आउने प्रधानमन्त्री देउवाले विश्वास जनाए ।

नेपाली कांग्रेस विजय भए मात्र लोकतन्त्र रहने र जनताले आफ्ना अधिकार देउवाले दावी गरे । कांग्रेसको नेतृत्वमा स्थापना भएको लोकतन्त्रलाई समाप्त पार्दै कम्युनिष्ट पार्टीहरु मिलेर राष्ट्रपति शासनमार्फत एकदलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरिरहेको प्रधानमन्त्री देउवाले आरोप लगाए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एक साता मात्र बाँकी रहेको बेला प्रधानमन्त्री देउवा चुनाव प्रचारका क्रममा वीरगन्ज आइपुगेका थिए । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमेश रिजाल, केन्द्रीय सदस्य तथा श्रम मन्त्री फर्मुला मन्सुर, केन्द्रीय सदस्य अजय चौरसिया, नेता सुरेन्द्र प्रसाद चौधरी, जनार्दन सिंह क्षेत्री बाराका लालबाबु सिंह लगायतको मञ्चमा उपस्थिती थियो ।

प्रकाशित: १४ मंसिर २०७४ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App