८ वैशाख २०८१ शनिबार
राजनीति

देउवा र थापाको कारणले गणतन्त्र खतरामा : प्रभु साह

रौतहट– प्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री कमल थापाका कारण गणतन्त्र खतरामा रहेको विना विभागीय मन्त्री प्रभु साहले बताएका छन् ।

रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका सांसद उमेदवारसमेत रहेका साहले असफल प्रधानमन्त्री बनेर एकचोटि पूुर्वराजालाई ब्यवस्था हस्तान्तरण गरिसकेका देउवाले आफ्नो स्वार्थको लागि जे पनि गर्नसक्ने बताए । गृह जिल्ला रौतहटको मौलापुर नगरपालिका सोनरनिया टोलमा घरदैलोपश्चात आयोजित चुुनावी सभामा मन्त्री साहले एकचोटि राजालाई सत्ता बुुझाएका प्रधानमन्त्री देउवाले राजावादी नेता थापासँग मिलेर के गर्लान भर नभएकाले यी दुुवैसँग देशलाई खतरा भएको दाबी गरे ।

गणतन्त्र बहाली, संधियता, समानुुपातिक, महिला, मधेसी, मुुश्लिम, आदीबासीलगायतको अधिकार दिलाउन आफ्नो ज्यानको बलिदानी दिँदै आएको बामसँग देशलाई कस्तो खतरा हुुने उनले प्रश्न गरे । एमाले र माओवादीको बाम गठबन्धनले अगामी मंशिर २१ गते हुुने निर्वाचनमा दुुई तिहाई बहुुमत ल्याउने भएर प्रम देउवालगायत सम्पूर्ण कांग्रेसलाई खतरा रहेको उनले बताए ।

विगतमा मधेसीको नाममा सत्ता र पैसा ठगी गर्दै आएको मधेसवादी नेताहरुले अहिले सहिदको नाममा ठगी गरेको मन्त्री प्रभुु साहले आरोप लगाए । सहीरुपमा सहिदको सम्मान गर्न मधेसवादी दलले समानुुपातिकमा नाम पठाउनुुपर्ने उनको भनाइ थियो ।

प्रकाशित: १४ मंसिर २०७४ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App