८ वैशाख २०८१ शनिबार
समाज

एम्बुस थाप्ने योजनाकार आरोपमा एक पक्राउ

उदयपु- उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई अघिल्लो बिहान एम्बुस पड्काउने समूहमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार एकजनालाई नियन्त्रणमा लिएको छ । एम्बुस थाप्ने मुख्य योजनाकारमध्येका एक भएको आरोपमा त्रियुगा नगरपालिका ७ शाहीखोलाका बलबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले मगरसहितको समूहले प्रयोग गरेको मोटरसाईकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी प्रमुख एसपी नवराज भट्टले मगरलाई नियन्त्रणमा लिएपछि अन्य संलग्नको पनि पहिचान हुने अनुमान गरिएको बताएका छन् । बुधबार विहान उदयपयुरगढी गाउँपालिका ६ दनुवारबेंसीमा एम्बुस पड्कदा कार्कीसहित ७ जना घाईते भएका थिए ।

चुनावी प्रचार अभियानको क्रममा कटारीदेखि नेपालटारतर्फ आईरहेको बा १५ च ७८०९ नम्बरको जीपलाई लक्षित गरी विहान १०ः३० बजे पड्केको एम्बुसमा परी घाईते ७ मध्ये कार्की, नेविसंघ नेतृ मीरा कटुवाल र चालक राजन कार्की गम्भीर घाईते भएका छन् । उनीहरुको राजधानीस्थित त्रिवि टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।

घट्नालगत्तै अपराधीको खोजी कार्य तिब्र पारेको प्रहरीले २४ घण्टाभित्रै मगरलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ । कार्की घाइते हुनेगरी विष्फोट भएपछि सुरक्षा सतर्कतालाई दोब्बर बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

‘चुनावलक्षित सुरक्षा तैनाथ त अगाडिदेखि नै थियो, अप्रिय घट्ना भएपछि नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त र छुट्टाछुट्टै टोली परिचालन गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको छ’ प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले भने ।

प्रकाशित: १४ मंसिर २०७४ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App