८ वैशाख २०८१ शनिबार
राजनीति

कञ्चनपुरमा कसले मार्ला बाजी ? यस्तो छ चुनावी अंकगणित

काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका लागि एक हप्ता मात्रै बाँकी रहँदा कञ्चनपुरमा दलहरुले चुनावी अभियानलाई निकै तिव्रताका साथ अघि बढाएका छन् । संघीय संरचना अनुसार आगामी मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामध्ये तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधि सभाका लागि १४ दलले उम्मेदवारी दर्ता गराएका छन्।

यस जिल्लामा १ लाख २८ हजार ५२३ पुरुष, १ लाख ३६ हजार ४५१ महिला र एक जना तेस्रो लिङ्गी गरी २ लाख ६४ हजार ९७५ मतदाता छन्।
नेपाली कांग्रेसको पकड क्षेत्र मानिने कञ्चनपुरमा वाम गठबन्धन (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) र लोकतान्त्रिक गठबन्धन (नेपाली कांग्रेस, नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पर्टी) बीच प्रतिस्पर्धा हुने निश्चित छ । २०४८ सालपछिको संसदीय निर्वाचन नतिजालाई हेर्ने हो भने तीन पटक नेपाली कांग्रेसले एकलौटी जित हात पारेको छ भने एक–एक पटक नेकपा एमाले र नकपा माओवादीले जित हात हात पारेका छन् ।
वि.स. २०४८ सालको आम निर्वाचनमा दुवै निर्वाचन क्षेत्रबाट एमालेलाई पाखा लगाउँदै नेपाली कांग्रेस विजयी भएको थियो । जसमा क्षेत्र नम्बर एकबाट बासुदेव भट्ट र दुईबाट तारणी दत्त चटौत विजयी भएका थिए। 

‘स्थानीय मतलाई प्रतिनिधि सभाको मतसँग दाँज्न मिल्दैन। मैले यसअघिको चुनावमा पनि विना जीलाई पराजित गरेको हो । म सांसद निर्वाचित भइसकेपछि पनि थुप्रै विकास निमार्णका कामहरु गरेको छु। मैले गरेका कामहरु नै मेरो जित्ने आधार हुन्।’

२०५१ सालको मध्यावधि निर्वाचनमा तीन क्षेत्र कायम गरिएकोमा तीनवटै क्षेत्र नेकपा एमाललेले हात पा¥यो । जसमा क्षेत्र नम्बर एकमा राम कुमार ज्ञवाली, दुईमा भोजराज जोशी र तीनमा उर्वादत्त पन्त विजयी भएका थिए। त्यसैगरी २०५६ सालको आम निर्वाचनमा तीनवटै क्षेत्र कांग्रेसको पोल्टोमा पर्‍यो। जहाँ क्षेत्र नम्बर एकबाट एनपी साउँद, दुईबाट तारणी दत्त चटौत र तीनमा रमेश लेखक विजयी भएका थिए। 

२०६४ को पहिलो संविधान सभाको निर्वाचनमा चार निर्वाचन क्षेत्र कायम गरिएकोमा चारवटै निर्वाचन क्षेत्रको मतपरिणाम नेकपा माओवदीको पोल्टामा पर्‍यो। जहाँ क्षेत्र नम्बर एकबाट पुरन राना विजयी भए भने दुईमा देवीलाल चौधरी विजयी भए । त्यसैगरी तीन नम्बरमा टेकेन्द्र भट्ट विजयी र क्षेत्र नम्बर चारमा पहिलोपटक कांग्रेसबाट शेर बहादुर देउवा विजयी भएका थिए भने उपनिर्वाचनमा माओवादीका प्रकाश ठकुल्ला विजयी भएका थिए।

त्यसैगरी २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा चारवटै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएको थियो । क्षेत्र नम्बर एकमा दिवान सिंह विष्ट, दुईमा एनपी साउँद, तीनमा बहादुर सिंह थापा र चारमा रमेश लेखक विजयी भएका थिए।

कञ्चनपुरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायाण प्रकाश (एनपी) साउँद, कांग्रेसकै केन्द्रीय सदस्य रमेश लेखक र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विनामगरको नाम अहिले चर्चामा छ। 

कञ्चनपुर–१ विनालाई सान्तवना, दिवानलाई सकस
दुई गाउँपालिका र दुई नगरपालिका रहेको क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसकातर्फबाट दिवान सिंह विष्ट र वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी विना मगर चुनावी मैदानमा छन् । २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा मगर कांग्रेस उम्मेदवार विष्टसँग झिनो मतान्तरले पराजित भएकी थिइन्। 

बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुर्नवास नगरपालिका गरी चारवटा स्थानीय तहमा मिलेर बनेको क्षेत्र नम्बर एकमा मेयरले प्राप्त गरेको मतलाई आधार मान्दा वाम गठबन्धन अघि देखिन्छ । बेलडाँडी गाउँपालिका र पुर्नवास नगरपालिका नेकपा एमालेले जितेको थियो भने लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले जित हात पारेको थियो । चारवटै स्थानीय तहको मतपरिणाम हेर्दा वाम गठबन्धन १४,५७३ मतले अघि देखिन्छ ।

वाम गठबन्धनअन्र्तगत रहेको नेकपा माओवादी, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको मत ३५,२४१ रहेको छ भने नेपाली कांग्रेससँगै रहेको लोकतान्त्रिक गठबन्धनका दलहरु तत्कालिन  मधेसी जनअधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति सबैको मतपरिणाम जोड्दा २०,६८० मत हुन्छ । 

वाम गठबन्धनबाट उम्मेदवार बनेकी विना मगरले यसपटक आफ्नो जित सुनिश्चित भएको दाबी गरेकी छन् । यहाँकै जनता मिलेर आफूले धेरै कामहरु गरेको बताउँदै विनाले भनिन्, ‘स्थानीय तहको नतिजाबाटै स्पष्ट हुन्छ की जनताले कांग्रेसले काम गर्न नसक्ने प्रमाणीत गरिसकेका छन्।’ वामगठबन्धले नै मुलुकलाई शान्ति, स्थिरता र विकासको गति प्रदान गर्ने भएकाले जनताले आफूलाई रोज्नेमा विश्वस्त भएको उनले दाबी गरिन्। 

तर, कांग्रेस उम्मेदवार विष्ट स्थानीय निर्वाचन र प्रतिनिधि सभा निर्वाचन दुवै नितान्त फरक हुने भएकोले स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मान्न नसकिने तर्क गर्छन् । उनले भने, ‘स्थानीय मतलाई प्रतिनिधि सभाको मतसँग दाँज्न मिल्दैन। मैले यसअघिको चुनावमा पनि विना जीलाई पराजित गरेको हो । म सांसद निर्वाचित भइसकेपछि पनि थुप्रै विकास निमार्णका कामहरु गरेको छु। मैले गरेका कामहरु नै मेरो जित्ने आधार हुन्।’

उनीहरुले आ–आफ्नो जितको दाबी गरेपनि उनीहरुले भनेजस्तै गरी नतिजा आफ्नो पक्षमा पार्न दुवैलाई निकै सकस पर्ने देखिन्छ । यस क्षेत्रमा दुइ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

कञ्चनपुर क्षेत्र नम्बर एकमा निरा देवी शाह र रुपा देवी विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने विवेकशील साझाबाट लक्ष्मी नारायण चौधरीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनता पार्टी नेपालबाट पल्टु राना र संघीय समाजवादी फोरम नेपालबाट मकरबहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट लोकेन्द्र प्रसाद लम्साल र नयाँ शक्ति नेपालबाट अमर सिंह विष्टले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। 

स्वतन्त्रलगायत यी साना दलहरुले आफूले विजयी हुनका लागि पर्याप्त मत ल्याउन नसके पनि विना र दिवानका केही मतहरु उनीहरुले काट्ने निश्चित छ । वाम उम्मेदवार विना गत मंसिर ३ गते निधन भएका प्रकाश दाहालकी पत्नी हुन । उनलाई पतिशोक परेकोले केही सान्त्वना मत पनि प्राप्त गर्ने देखिन्छ । 

राना, चौधरी, मगर लगायतका आदिवासी जनजातीको बाक्लो बस्ती रहेको यस क्षेत्रमा केही जातीय तथा क्षेत्रीय मतले पनि निर्णायक भूमिका खेल्ने देखिन्छ । राना थारु तथा जनजाती समुदायबाट उम्मेदवार बढी भएकोले ती मतहरु बाँडिएको खण्डमा दिवानलाई सहज देखिन्छ भने विनाले सबै आदिवासी, जनजातीका मतहरुलाई एकीकृत गर्न सकेमा दिवानलाइ सकस पर्ने निश्चित छ । 

क्ञ्चनपुर–२ः  माओवादी मतको भरमा धामी मैदानमा, साउँदलाई सहज 
संघीय संरचना अनुसार तीनवटा स्थानीय तह मिलेर बनेको यस क्षेत्रबाट ८ दलले प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन्। जसमा नेपाली कांग्रेसबाट कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँद, वाम गठबन्धनबाट एमाले नेता नरबहादुर धामी, राष्ट्रिय जनमोर्चाबाट राम बहादुर कार्की, राष्ट्रिय जनतापार्टी नेपालबाट राज्य लक्ष्मी राना, नेपाली कांग्रेस (विपी)बाट चक्रदेव जोशी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट चन्द्रबहादुर डगौरा, नेपाल दलित पार्टीबाट राकेश बहादुर लुहार र विवेकशील साझाबाट सुशिल प्रसाद बडुले उम्मेदवारी दिएका छन्। 

कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका मिलेर बनेको यस क्षेत्रमा वाम गठबन्धन उम्मेदवार र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस उम्मेदवार साउँद यसअघि २०५६ र २०७० गरी दुई पटक विजयी भइसकेका छन् । उनी दुवै पटक मन्त्री पनि बनेका छन् । उनी सरकारमा रहँदा यस क्षेत्रका लागि थुप्रै विकास निमार्णका कामहरु पनि गरेका छन्।  राष्ट्रिय राजनीतिमा विशिष्ट पहुँच र प्रभाव भएका साउँदको प्रतिस्पर्धीको रुपमा एमाले नेता नरबहादुर धामी रहेका छन्। 

विगत २३ वर्षदेखि एकै क्षेत्रमा भिजेका नेता साउँदसँग चुनावी प्रतिस्पर्धा गर्नु धामीका लागि निकै चुनौतीपूर्ण छ। वि.स २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तीन नम्बर क्षेत्रबाट कांग्रेसका बहादुर सिंह थापासँग पराजित भएका धामी दुई नम्बरका लागि नयाँ अनुहार हुन् भने एनपी हरेक मतदातासँग एकदमै निकट रही काम गरेर सम्बन्ध स्थापित गरेका छन्।

थापा अहिले कांग्रेसबाट क्षेत्र नम्बर दुई (ख) का प्रदेश सभा उम्मेदवार हुन्। धामीले स्थानीय तहको मतपरिणामका आधारमा आफ्नो जित हुने जोडघटाउमा लागेका देखिन्छन् भने साउँद वाम गठबन्धनबाट असन्तुष्ट रहेका मतहरुलाई बटुलेर सहज जित हात पार्ने दाउमा छन्। 

स्थानीय तहको मतपरिणाम हेर्दा साउँदमाथि वाम गठबन्धन हाबी देखिन्छ । तीन नगरपालिका मध्ये दुईमा नेकपा एमाले र एक नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।  कृष्णपुर नगरपालिकामा वाम गठबन्धनको १२,४६० मत छ भने नेपाली कांग्रेसको ५,७६० मत रहेको छ । त्यसैगरी वेदकोट नगरपालिकामा वाम गठबन्धनको ९,६१० मत छ भने नेपाली कांग्रेसको ६,०७४ मत रहेको छ । नेपाली कांग्रेसले जित हात पारेको शक्लाफाँटा नगरपालिकामा कांग्रेसको ६,४३२ मत छ भने  वाम गठबन्धनको ९,३९८ मत रहेको छ। 

प्रतिनिधि सभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टीको  साथ नेपाली कांग्रेसलाई छ । उनीहरुको मत जोडेर हेर्दा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको २०,२८५ मत छ भने वाम गठबन्धनको ३१,४६८ मत छ । उनीहरुबीच ११,१८३ मतान्तर रहेको छ। 
वाम गठबन्धनले स्थानीय मतका आधारमा प्रतिनिधि सभामा मत प्राप्त गर्ने आँकलनसहित आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन्। तर, कांग्रेस उम्मेदवार साउँद भने स्थानीय निवार्चनमा स्थानीय व्यक्ति चयन हुने भएकोले प्रतिनिधि सभासँग दाँज्न नमिल्ने बताउँछन्।

प्रतिनिधि सभामा मुलुकलाई निकास दिनसक्ने र राष्ट्रिय अजेण्डालाई सम्बोधन गर्नसक्ने पार्टीलाई चयन गरिने भएकोले दुवै फरक विषय भएको साउँदको दाबी छ। 

उनले भने, ‘स्थानीय तहमा नेपाली काँग्रेसको तयारी कम थियो। जसले गर्दा कांग्रेसले दोस्रो हुनुपर्‍यो। अहिले हामीले गरेका कामहरु जनतालाई देखाएका छौं । जनताले वाम गठबन्धन आफैं अन्यौलमा रहेकोले कांग्रेसलाई मतदान गर्न जनता आँतुर छन्।’ 

स्थानीय निर्वाचनपछि भएको वाम गठबन्धन नै कांग्रेसको मत तान्ने आधार भएको नेता साउँद बताउँछन् । उनले भने, ‘वाम गठबन्धन केन्द्रमा भएको छ तर जिल्ला तहका नेता कार्यकर्तामा अझै अन्र्तविरोध छ ।’ वाम उम्मेदवारले जनतासामु गएर मत माग्ने आधारहरु नै नभएको साउँदको तर्क छ। 

एमाले नेतासमेत रहेका वाम उम्मेदवार धामीको क्षेत्र नम्बर दुईमा खासै योगदान छैन । उनलाई मतदाता सामु गएर परिचय गर्न मै धेरै समय खर्च गरिरहेको प्रचारप्रसारमा सहभागी कार्यकर्ताहरुको प्रतिक्रिया रहेको छ। सुकुम्बासी शिविर र आरक्ष पिडितहरुको बाक्लो बस्ती समेत रहेका क्षेत्र नम्बर दुईमा उनीहरुलाई अस्थायी बसोबासका लागि साउँदले ठुलो भूमिका खेलेकोले ती मतहरु साउँदलाई आउने कांग्रेसको विश्वास छ। 

वामा गठबन्धनमा केही मतहरु जनमोर्चा, राष्ट्रिय जनता पार्टी र विवेकशील उम्मेदवारले काट्ने निश्चित छ । कांग्रेस स्थानीय निर्वाचनमा हार व्यहोर्नु परेकोले यो निर्वाचन जित्नैपर्ने नैतिक दबाब भएका कारण पनि कांग्रेसका आफ्ना मतहरु सुरक्षित राखेर माओवादीका मत तथा असन्तुष्ट एमालेका मत तान्ने कसरतमा जुटिरहेको छ। 

धामीलाई माओवादीका मतहरु जोगाउनुपर्ने बाध्यता एकातिर छ भने आफूले काम गर्न सक्छु भन्ने विश्वास मतदातालाई दिलाउने चुनौती अर्कोतीर छ । माओवादीको शतप्रतिशत मत पाउने आशामा मैदानमा उत्रिएका धामीलाई प्रतिस्पर्धीको रुपमा पाउनु नै आफ्नो सहज जितको मुख्य आधार भएको कांग्रेसको दाबी छ ।

कञ्चनपुर–३ : पूर्वमन्त्री लेखकसँग नयाँ अनुहार भट्ट
भिमदत्त नगरपालिका र महाकाली नगरपालिका मिलेर बनेको क्षेत्र नम्बर तीनमा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश लेखक र वाम गठबन्धनबाट उम्मेदवार बनेका दिपक प्रकाश भट्ट चुनावी मैदानमा छन्। 

यी दुई जनासँगै क्षेत्र नम्बर तीनमा विवकशील साझा पार्टीका दिपेन्द्र कार्की, नेपाल दलित पार्टीका महेश तिरुवा, नयाँ शक्ति नेपालबाट जनक सिंह साउँद, राष्ट्रिय जनता पार्टी नेपालबाट रुवी जरुँ, संघीय समाजवादी फोरम नेपालबाट मोहन बहादुर शाही र राष्ट्रिय जनमोर्चाबाट लाल बहादुर कुवँर र स्वतन्त्रबाट हिरा सिंह विष्ट चुनावी मैदानमा छन् । यी दलहरुले स्थानीय निर्वाचनमा धरौटी नै जोगाउन सकेका थिएनन् । उनहरुले उम्मेदवारी केवल सहभागिताको लागि भएको देखिन्छ।

स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा वाम गठबन्धनको २२,३१५ मत रहेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर बनेको लोकतान्त्रिक गठबन्धनको २२,२२७ मत रहेको छ । उनीहरुबीच ८८ मतको मात्रै फरक रहेको छ।

नीय निर्वाचनको मतपरिणाम हेर्दा वाम गठबन्धनको २२,३१५ मत रहेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर बनेको लोकतान्त्रिक गठबन्धनको २२,२२७ मत रहेको छ । उनीहरुबीच ८८ मतको मात्रै फरक रहेको छ।

रमेश लेखकले यसअघि २०५६ र २०७० मा दुईवटा निर्वाचनमा जित हात पारेका थिए भने दुईपटक मन्त्री बनिसकेका छन् । लेखक स्थानीय स्तरमा पनि निकै भिजेका र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्नसक्ने नेताका रुपमा परिचित छन् । उनले यस क्षेत्रमा थुप्रै विकासका कामहरु गरेका छन्।

वाम गठबन्धनका साझा उम्मेदवार रहेका एमाले नेता दिपक प्रकाश भट्ट स्थानीय बासिन्दा भएपनि मतदाताका लागि नयाँ अनुहार हुन्। भट्ट यसअघि कुनै निर्वाचनमा सहभागी छैनन् । त्यसकारण उनलाई मतदाताको मनोविज्ञान बुझ्न लामो समय लाग्ने अनुमान गर्न सकिन्छ। 
भारतस्थित जवाहरलाल नेहरु विश्विद्यालयबाट सुरक्षा तथा परराष्ट्र विषयमा विद्यावारिधी गरेका भट्ट एमाले विदेश विभाग सदस्य हुन्।

तत्कालिन सेना समायोजन समिति सदस्य भट्टले सिमा सुरक्षाका लागि विशेष पहल गर्ने, महाकाली सन्धिमा भएको सम्झौता बमोजिम दोधारा चाँदनीमा ३०० क्यूसेक सिंचाईका लागि पानी ल्याउन पहल गर्ने, भिमदत्त नगरपालिकामा चक्रपथ बनाउने र दोधारा चाँदनीमा माला आकारको सडक सञ्जाल विस्तार गर्ने, सुदुरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउनेलगायतका अजेण्डा सार्वजनिक गरेका छन्। 

मतदाताले हरेक निर्वाचनमा फरक टेस्ट गरिरहेका बताउँदै उम्मेदवार भट्टले भने, ‘कञ्चनपुरका मतदाताले हरेक निर्वाचनमा फरक व्यक्तिलाई जिताएर पठाउने गरेको इतिहास छ । मैले प्रचारप्रसारका क्रममा जाँदा पनि मतदाताहरुले अघिल्लो पटक कांग्रेसका लेखकलाई जिताएको तर यसपटक मलाई नै मतदान गर्ने आश्वासन दिनुभएको छ।’ 

प्रभाव र पहुँच भएका नेता लेखकसँग निर्वाचन लड्नु भट्टका लागि फलामको चिउरा चपाएजस्तै भएको कांग्रेसजनको तर्क छ । तर, वाम गठबन्धन यो तर्क मान्न तयार छैन । जनताले वर्षौदेखि लेखकलाई जिताएको तर यसपटक मतदाताले नयाँ अनुहारलाई मौका दिने एमाले कार्यकर्ताको विश्वास छ ।

 

प्रकाशित: १४ मंसिर २०७४ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App