१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्मचारीको फेसवुक स्ट्याटसबारे डीएफआइडीको माफी

काठमाडौं- प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको विभिन्न देश तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले स्वागत गरिरहेका बेला नेपालस्थित अन्तराष्ट्रिय सहायता नियोग (डीएफआडी)का एक कर्मचारीले चुनाव बहिष्कार गर्न आग्रह गरेका छन्।

डीएफआइडीमा कार्यरत राकेश मिश्रले बुधबार आफ्नो फेसबुक प्रोफाइलमा निर्वाचन बहिष्कार गर्न आग्रह गरेका हुन्। उनले मधेसवादी दलले देखावटी रुपमा नेपालको संविधान २०७२ स्वीकार गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यदि तपाँइ यो निर्वाचनमा अति नै इच्छुक हुनुहुन्छ भने, मतदान केन्द्रमा जानुस् र ती ‘बास्टर्ड’ लाई मतदान गर्नुस् । मिश्रले महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोको नाम नै उल्लेख गरी ‘बास्टर्ड’ लाई मतदान गर्न भनेका छन्। मिश्र डीएफआइडी नेपालका  शासकीय मामिला सल्लाहकार हुन्।

उनको यो पोष्टका विषयमा व्यापक आलोचना भएपछि फेसबुक नै ‘डिएक्टीभेट’ गरेका छन्। ‘मधेसी जनताले बगाएको रगत सम्झिनुहुन्छ भने यो निर्वाचलाई शान्तिपूर्ण तरिकाले बहिष्कार गर्नुस्,’ उनले लेखेका छन्।

मिश्रको यो पोष्टका विषयमा डीएफआइडीको पनि ध्यानाकर्षण भएको जनाएको छ । बुधबार बेलुका विज्ञप्ती जारी गर्दै नेपालको संविधान सर्वस्वीकार्य हुनु नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको जनाउँदै बेलायत सरकारले नेपालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको स्वागत गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘बेलायत सरकार नेपालको निर्वाचनको लागि अनुकुल वातावरण सिर्जना गर्न प्राविधिक सहयोग गर्न तयार रहेको र हामी नेपालमा चुनावी प्रक्रियालाई पूर्ण समर्थन गर्दछौं।’

डीएफआइडीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हामीले सबै कर्मचारीहरुलाई निर्वाचन आचारसंहिताबारे पूर्ण रुपमा जानकारी गराएका छौं । यो विषयलाई पनि गम्भिर रुपमा लिएको छौं। तर, कसैको व्यक्तिगत विषयमा टिप्पणी गर्न सक्दैनौं।’

प्रकाशित: १३ मंसिर २०७४ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App