६ वैशाख २०८१ बिहीबार
राजनीति

चीनको सीमावर्ती गाउँका बुथ बाम गठबन्धनले कब्जा गरेको अारोप

विष्णुप्रसाद देवकोटा

डोल्पा—उत्तरी सीमा तिब्बतसँग जोडिएका उपल्लो डोल्पाका तीन गाउँ पालिकाका २२ मतदान केन्द्र र काइके गाउँपालिकामा रहेका ७ मतदान केन्द्रमा बामगठबन्धनका उम्मेदवार ले एकलौटी मतदान गरेको भन्दै भएको मतदान रद्द गर्नु पर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय दुनैमा उजुरी परेको छ।

काँग्रेसका प्रदेश क्षेत्र नं १ र २ क्षेत्रका उम्मेदवार र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार बेगमसिं ठकुरी सुरेशबहादुर शाही र अंगदकुमार बुढाले संयुक्त रुपमा बुधवार दुनैमा पत्रकार सम्मेलन गरेर बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका धनबहादुर बुढाले गुण्डा प्रयोग गरेर चार गाउँपालिकाका २९ मतदान केन्द्रमा खटिएका नेपाली कांग्रेसका एजेन्टहरुलाई लखेटी कुटपिट गरी एकलौटी रुपमा एक छापे बामगठबन्धनमा मत खसालेकाले पुन मतदानको लागी आफुहरुले माग गरेको पत्रकार सम्मेलनमा बताए।

आफु स्वयं सहभागी भएको काइके गाउँपालिकामो शहरथतारा मतदान केनद्रमा आफुलाई समेत आक्रमणको प्रयास गरी मतदान केन्द्र समेत कब्जा गरेर बाम गठबन्धनका उम्मेदवार धनबहादुर बुढाले एकलौटीरुपमा मतदान गरिरहंदा समेत सुरक्षा निकाय निकम्मा भएको आरोप प्रतिनिधि सभाका उम्मेदवार अंगदकुमार बुढाले लागाए ।नेपाली कांग्रेसका तर्फबाट उपल्लो डोल्पाका मतदान केनद्रमा एजेन्ट बस्न गएका नेपाली काँग्रेसका हरिकुमार शाही र दिपबहादुर बुढाको अवस्था अज्ञात रहेकाले बामगठबन्धनले आक्रमण गरेर वा आफ्नो कब्जामा लिएर बेपत्ता बनाएको समेत पत्रकारसम्मेलनमा जानकारी दिइयो।

आफूले स्वच्छ निष्पक्ष र धाँधलीरहित निर्वाचनको पक्षमा रहेकाले आफूहरुको माग पुरानहुन्जेल सम्म आफ्नो आन्दोलन र बिरोध जारी रहने समेत काँग्रेसका उम्मेदवारहरुले जानकारी दिए।

निर्वाचन सम्पन्न भएर मतपेटिकाको संकलन कार्य सकिएको चार दिनपछि उजुरी दिन के कानुनी हैसियत छ भन्ने पत्रकारहरुको प्रश्नमा भौगोलिक बिकटता र सदरमुकामदेखि टाढाको दुरी भएकाले ढिलो हुन गएको र केन्द्रिय निर्वाचन आयोगमा समेत जानकारी गराइसकिएको प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार सुरेशबहादुर शाहीले बताए ।                                                                                                                                                                                                                                                                                                                                                 

 

प्रकाशित: १३ मंसिर २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App