८ वैशाख २०८१ शनिबार
समाज

कम्युनिष्टको शासन आएमा बाह्य लगानी बन्द हुनेछः देउवा (फाेटाे फिचर)

तस्विर : उमेश पुन

कास्की – नेपाली कांग्रेसद्वारा पोखराको अमरसिंह चोकमा आयोजित सभालाई सम्बोधन गर्दैै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धन लोकतन्त्र विरोधी भएको बताएका छन् ।
‘नेपालमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिँदैछ । एक दलीय कम्युनिष्ट तानाशाही लाद्न खोजिएको छ,’ देउवाले भने, ‘जनताको भावनालाई र चाहनालाई समानरुपमा अधिकार दिईएको संविधान परिवर्तन गर्न खोज्नु जनताको अधिकारलाई खोसिनु हो ।’
देउवाले वर्तमान संविधान समावेशी भएको र त्यसको मर्ममाथि आघात पुग्ने किसिमका अभिव्यक्तिहरु वाम गठबन्धनका नेताहरुबाट आउन थालेको आरोप लगाए ।
‘यो गठबन्धनले नेपालको भलो गर्दैन, यो अनिष्टको संकेत हो, अहिले संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन संसदीय व्यवस्थामा मात्र हुन्छ ।’ देउवाले भने, ‘बिना कुनै आधार देश समृद्ध बन्दैन, जनताहरु कम्युनिष्टको झुटबारे जानकार भईसकेका छन् ।’
एकदलीय शासन प्रणाली लागु हुँदा देशमा आन्तरिक तथा बाह्य लगानीका स्रोतहरु बन्द हुने उनले बताए । कम्युनिष्टहरुले विदेशमा असफल भईसकेको साम्यवाद लाद्न खोजेर देशलाई थप अस्थिरतातर्फ धकेल्न खोजेको उनको आरोप छ ।
‘साम्यवाद लागु भएमा विदेशी लगानीकर्ताले लगानी गर्न पाउँदैनन्, लगानीको स्रोत नभएपछि देशको समृद्धि झन पछाडि धकेलिन्छ,’ देउवाले थपे, ‘देश समृद्ध बनाउँछौ भन्ने तर लगानीको ढोका बन्द गर्ने, यो जनतलाई गरिएको झुटको खेतीबाहेक केही होइन् ।’
‘जनता देशका मालिक हुन्, जनताकै अधिकारको लागि नेपाली कांग्रेसले २००७ सालदेखि संघर्ष गर्दै आईरहेको छ, राणाशासन देखि राजाशासनसम्म कांग्रेसले नै अन्त्य गरेर जनतालाई सार्वभौमसत्ता बनाएको छ,’ देउवाले थपे, ‘संविधान कार्यान्वयन र राजनीतिक स्थिरता कायम हुन लागेको समयमा संविधानमा हस्ताक्षर गरेका दलहरु नै गैरजिम्मेवार भएर संविधानविरोधी हर्कत गरेका छन्, यसले देशको हित गर्दैन् ।’
देउवाको साथमा आएका वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री सशांक कोइराला, कांग्रेस चुनाव प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँड, पूर्व अर्थमन्त्री डा. रामशरण महत, धनराज गुरुङ्ग, विनोद चौधरी लगायतका नेताहरु वाम गठबन्धनका शीर्ष नेता विरुद्ध खनिएका थिए ।
उनीहरुले २०४८ सालमा कांग्रेसले लिएको आर्थिक नीति र उदारीकरणका कारण मुलुकमा आर्थिक विकासले गति लिएको तर बामपन्थी सरकारले त्यसलाई दबाउन खोजेको, नेपाललाई असफल साम्यवादको प्रयोग गर्ने प्रयोगशाला बनाउन खोजेको, जनताका अधिकार खोसेर संविधानविरोधी कार्य गर्न खोजेको आरोप लगाए ।

तस्विर : उमेश पुन
तस्विर : उमेश पुन
तस्विर : उमेश पुन
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App