८ वैशाख २०८१ शनिबार
समाज

लागु औषधसहित एक युवक पक्राउ

महोत्तरी – लागु औषधको प्रयोगले आउँदो मंसिर २१ हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रभाव पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ईलाका प्रहरी कार्यालय वर्दिवासले लागु औषधविरुद्ध अभियान सुरु गरेको छ ।
लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले सक्रियता बढाएको बर्दिबासका प्रमुख डिएसपी प्रविण पोख्रेलले बताए । अभियानको क्रममा प्रहरी चौकी हाथिलेटबाट खटिएको टोलीले बर्दिबास नगरपालिका –८ स्थित मिलन चोकबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरिएको छ ।

औरहीबाट बा४३प १६८४ नम्बरको मोटरसाईकलबाट बर्दिबासतर्फ आउँदै गरेको सिन्धुली कमलामाई नगरपालिका – ८ बस्ने २४ वर्षीय युवक मनिष श्रेष्ठबाट प्रहरीले नाईट्रोसन क्याप्सुल नौ फाइन र स्पास्मो ७ फाइन बरामद गरेको थियो ।
 

प्रकाशित: १३ मंसिर २०७४ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App