coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपालको ‘ब्याटल अफ डिजेस्’मा निल नितिन

काठमाडौं – बलिउड अभिनेता निल नितिन मुकेश ‘ब्याटल अफ डिजेस्’मा सहभागि हुन नेपाल आउँदैछन् । क्रिएटो ए टु जेटले आगामी शनिबार राजधानीको क्ल्ब देजाभूमा आयोजना गर्न लागेको ‘ब्याटल अफ डिजेस्’मा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् ।

तीन दिने भ्रमणको क्रममा शुक्रबार नेपाल आउन लागेका बलिउड अभिनेता निल आइतबार फर्कनेछन् । क्रिएटो ए टु जेटका उल्लेख निरौलाका अनुसार पहिलो पटक आयोजना हुन लागेको ब्याटल अफ डिजेस्मा सहभागि हुन बलिउड अभिनेता निल नेपाल भ्रमण गर्न लागेका हुन् । ‘पहिलो पटक आयोजना हुन लागेको ब्याटल अफ डिजेस्मा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनीले राजधानी वरपर घुमघाम गर्नेछन्,’उनले भने । तीन सदस्यसहित नेपाल आउन लागेका उनी राजधानीको अन्नपूर्ण होटलमा बस्नेछन् ।

ब्याटल अफ डिजेस्को पहिलो एपिसोड काठमाडौं भर्सेस गोवाका १० जना डिजेहरुले प्रतिस्पर्धा गर्दैछन् । अभिनेता लाहूरे, डिजे राजु, डिजे राभिश र डिजे सस्पोइसनको निर्णायक टोलीले विजेता छनोट गर्नेछन् । विजेताले ३ लाख २५ बराबरको बाइक प्राप्त गर्नेछन् । ब्याटल अफ डिजेस्को दोस्रो एपिसोड बैंकमा आयोजना हुनेछ ।

सन् २००७ मा ‘जोनी गद्दर’बाट बलिउडमा डेब्यु गरेका अभिनेता निलले ‘न्यूर्योक’, ‘जेल’, ‘प्लेयर्स्’, ‘सात खुन माफ’, ‘प्रेम रतन धन पायो’ र ‘तेरा क्या होगा जोनी’ लगायत फिल्ममा अभिनय गरिसकेका छन् । ‘हाल सम्पादनमा रहेको ‘इन्दु सरकार ड मा उनी संञ्जय गान्धीको भूमिकामा देखिदैंछन् ।

प्रकाशित: १३ मंसिर २०७४ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App