४ वैशाख २०८१ मंगलबार
कला

राखीको नयाँ गीत

काठमाडौ–गीतकार राखी गौचन नयाँ आधुनिक गीत लिएर श्रोता तथा दर्शक माझ आएकी छिन् । गायक सुरजकुमार थापाको स्वरमा सजिएको ‘नाम बिना कति नाता सागर भन्दा गहिरो हुन्छ’ गीत युट्युव मार्फत सार्बजनिक भएको छ ।

यो गीतका संगीत संयोजक किरण कँडेल भने म्युजिक भिडियोमा रिमा विश्वकर्मा र पुष्प खड्काले अभिनय गरेका छन्। नाम बिना कति नाता सागर भन्दा गहिरो हुन्छ बोलेको गीत सामयिक परिवेशको उपलब्धि मान्न सकिन्छ । केही समय अघि उनले युट्युवबाटै बानिका प्रधानको स्वरमा रहेको गीत रिलिज गरेकी थिइन् । 

हाल क्यालिफोर्नियामा बस्दै आएकी गौचनका डेढ दर्जन गीत रेकर्ड भैसके । उनले सपनाश्रीको स्वर र यम बरालको संगीतमा सन् २०१६ मा रेकर्ड गराएको ‘म मातिएको बेला’ गीतबाट रेकडिङ यात्रा शुभारम्भ गरेकी थिइन् । 

सानो छँदा गायिका बन्ने रहर थियो उनमा । तर, समयको धारसँगै अमेरिका पुगेपछि उनले कवि एवं गीतकारको चिनारी बनाइन्। गायिका बानिका र गायक सुरजको एकल स्वरमा उनका आधुनिक गीतका दुई एल्बम बजारमा आउने तयारीमा छन्।  

प्रकाशित: १३ मंसिर २०७४ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App