coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बम विस्फोटमा घाइते काँग्रेस उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौं लगियो

उदयपुर— उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेस उम्मेदवार नारायण कार्की बम विष्फोटमा परी गम्भीर घाइते भएका छन्। चुनाबी अभियानमा कटारीदेखि नेपालटारतर्फ जाने क्रममा कार्कीसहिका कार्यकर्ता चढेको गाडी उदयपुरगढी गाउँपालिका ६, दनुवारबेँसीमा बुधबार विहान ९ः३० बजे कुकरबम एम्बुसमा परेको हो। घटनामा ४ जना घाइते भएका छन्।

उम्मेदवार कार्की र उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

उम्मेदवार कार्की र उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

प्रत्यक्षदर्शी स्थानीय गंगाकुमारी राईका अनुसार कार्कीसहित कार्यकर्ता चढेको बा १५ च ७८०९ नम्बरको बोलेरो गाडी  एम्बुसमा पर्दा कार्कीको बायाँ खुट्टा र गालामा गम्भीर चोट लागेको छ। त्यस्तै नाम ठेगाना खुल्न नसकेको चालकको एउटा खुट्टाको घुँडामुनिको भाग क्षतविक्षत भएको छ। मीरा कटुवाल घाइते भएकी छिन्।

कांग्रेस २ नम्बर क्षेत्रीय सभापति बसन्त बस्नेतले कार्कीसहित नेविसंघ नेतृ मीरा कटुवाल, चालक राजन कार्की र कार्यकर्ता धनमाया धौलाकोटी घाईते भएको बताए। उनीहरुलाई पार्टी कार्यकर्ता र स्थानीयको सहयोगमा नेपालटारस्थित स्वास्थ्य संस्थामा लगेर प्राथमिक उपचार गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले विष्फोटमा परी  घाइते भएको जानकारी दियो। एसपी नवराज भट्टले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

अघिल्लो दिन दिउँसो कांग्रेसकै १ नम्बर क्षेत्रका उम्मेदवार डा. नारायण खड्का र प्रदेशसभातर्फ १ (२) का उम्मेदवार हिमाल कार्कीको कार्यक्रमस्थल त्रियुगा नगरपालिका १० मा विष्फोट भएको थियो। त्यसअघि मंगलबार विहान पनि प्रदेशसभा उम्मेदवार कार्कीको त्रिनपा ७ चुहाडेस्थित घरमा विष्फोट भएको थियो। दुवै विष्फोटबाट मानविय क्षेति भने भएको थिएन।

प्रकाशित: १३ मंसिर २०७४ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App