एउटै क्षेत्रबाट तीन पूर्वराज्यमन्त्री प्रतिस्पर्धामा

बुधबार, १३ मङि्सर २०७४, १४ : ३७ नागरिक

पुरुषोत्तम सुवेदी
नवलपरासी—नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन्।

दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा रहेको देखिन्छ। दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका अगुवा एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका नेता देवकरणप्रसाद कलवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

सो क्षेत्रबाट विसं २०७० भन्दा अगावै भएका निर्वाचनमा त्रिपाठी र २०७० सालको निर्वाचनमा कलवार विजयी भएका थिए। विगतका निर्वाचनमा पनि यो क्षेत्रमा त्रिपाठी र कलवारबीच नै द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको थियो। यस पटकको निर्वाचनमा पनि त्रिपाठी र कलवारबीच नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ। सो निर्वाचन क्षेत्रमा एक लाख दुई लाख ३७६ मतदाता छन्।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा तीन पूर्वराज्यमन्त्री चुनावी प्रतिस्र्धामा छन्। लोकतान्त्रिक गठबन्धनबाट पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, वाम गठबन्धनबाट पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव र पूर्वशिक्षा राज्यमन्त्री एवम् राजपाका नेता गोविन्द चौधरी चुनावी प्रतिस्पर्धीमा छन्।

सो क्षेत्रमा कँडेल र यादवबीच नै कडा प्रतिस्पर्धा रहेको देखिन्छ। कँडेलले ०५१ र ०५६ सालको निर्वाचनमा यस क्षेत्रबाट विजयी हुनुभएको थियो भने रुपन्देही घर भए पनि यादव सोही क्षेत्रमा राजनीतिमा सक्रिय छन्। चौधरी पनि यस क्षेत्रमा राजनीतिमा क्रियाशील भएका उम्मेदवार हुन्।

यस क्षेत्रमा कुल एक लाख पाँच हजार ८६९ मतदाता छन्। यतिखेर उम्मेदवारहरु मतदातालाई रिझाउन विभिन्न भेला, सभा, सम्मेलन, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाएका छन्। नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र छन्। दुवै निर्वाचन क्षेत्र गरी कुल दुई लाख आठ हजार २३७ मतदाता छन्।

निर्वाचन क्षेत्र नं १ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता विक्रम खनाल र वाम गठबन्धतबाट नेकपा (एमाले)का नेता दीपेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धी छन्। खनाल २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए भने अधिकारी सो निर्वाचनमा उनको निकटतम प्रतिद्वन्दीको रुपमा थिए।

यसैगरी प्रदेशसभा सदस्य ‘ख’ मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता मुकुल आचार्य र वाम गठबन्धनबाट स्वतन्त्र राजनीतिक समूहका नेता अजय शाहीबीच मुख्य प्रतिस्पर्धी रहेका छन्।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा सदस्य ‘क’ मा वाम गठबन्धनबाट नेकपा एमालेका केन्द्रीय सदस्य वैजनाथ चौधरी र लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता गुणनिधि तिवारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ। चौधरी ०७० सालमा सोही क्षेत्रबाट विजयी भएका थिए भने तिवारी पार्टीका पूर्वक्षेत्रीय सभापति एवम् वर्तमान उद्योग वाणिज्य महासंघ ५ नं प्रदेशका संयोजकसमेत हुन्। अघिल्लो निर्वाचनमा चौधरी र तिवारी सोही क्षेत्रमा प्रतिस्पर्धीका रुपमा थिए।

निर्वाचन क्षेत्र नं २, प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक गठबन्धतबाट काँग्रेसका नेता वैजनाथ जयसवाल र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कनौया राजभर मुख्य प्रतिस्पर्धीका रुपमा छन्। जयसवाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र राजभर पनि व्यापारी हुन्।

नवलपरासीमा (बर्दघाट सुस्ता) पश्चिम जिल्लामा कुल १२० मतदानस्थल र २५७ मतदान केन्द्र निर्धारण गरिएको छ। जसमध्ये दुई मतदानस्थल अति संवेदनशील र २६ मतदानस्थल संवेदनशीलरुपमा रहेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। रासस




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad