४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा जापानमाथि पुनः मिसाइल प्रहार

प्योङयाङ – उत्तर कोरियाले अमेरिका लगायत उसका गठबन्धन मुलुकहरुलाई चुनौती दिँदै पुनः जापान माथि मिसाइल प्रहार गरेको छ । 

उत्तर कोरियाले जापानी आकासमा अन्तर महादेशीय व्यालेस्टिक मिसाइल परीक्षण गरेको हो ।उक्त मिसाइलले करिब सी अफ जापानमा खस्नु अघि करिब एक हजार किलोमिटर दूरी तय गरेको थियो। 

उत्तर कोरियाले मिसाईल परीक्षण नगरेको करिब २ महिना भएको थियो । मिसाइल उत्तर कोरियामा दक्षिण प्रान्तमा पर्ने प्योङयानबाट पूर्व तर्फको क्षेत्रबाट प्रहारमा गरिएको थियो। 

गत जुलाई महिनामा पहिलोपटक अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण सफलतापूर्वक उत्तर कोरियाले परीक्षण गरेको थियो । उत्तर कोरियाले अमेरिका लगायत विश्वका ठूला मुलुकहरू माथि प्रहार गर्न सक्ने लामो दूरीको मिसाईल समेत परीक्षण गरिसकेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया माथि कडा कदम चाल्न संयुक्त राष्ट्रसंघ विफल भएको भएको र त्यसले विश्व समुदायमा नै घातक परिणाम ल्याउने सक्ने दाबी गर्दै आएका छन्। 

उत्तर कोरियाको आणविक कार्यक्रम माथि रोक लगाउन चीनले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन्। 

उत्तर कोरियाले गरेको मिसाइल प्रहारबारे छलफलका लागि जापान, अमेरिका तथा दक्षिण कोरियाको आपतकालीन बैठक बस्दैछ। 

प्रकाशित: १३ मंसिर २०७४ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App