८ वैशाख २०८१ शनिबार
समाज

अपडेट : चुम्लिङटार बस दुर्घटनामा घाइतेकाे संख्या २१ पुग्याे

काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने घाइते हुनेकाे संख्या २१ पुगेकाे छ । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौँ र अन्यलाई भरतपुर पठाइएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । 

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ। अहिले उद्धार जारी छ। काठमाडौँंबाट अर्घाखाँची जान जाँदै गरेको बस सडकबाट एक सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौँतर्फ पर्छ। सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ। 

सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर गएकाे थियाे। त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन्। 

प्रकाशित: १३ मंसिर २०७४ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App