१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

७१ स्थलका मतपेटिका अझै पुगेनन् सदरमुकाम

काठमाडौं– निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ।

आयोगले पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न ३२ जिल्लामध्ये  २६ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइसकिएको र बाँकी मतपेटिका ल्याउने काम भइरहेको जानकारी मंगलबार दिएको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार ६ जिल्लाका ७१ स्थलका मतपेटिका सदरमुकाम पु¥याउन बाँकी छ। 

पहिलो चरणअन्तर्गतका २ हजार ९ सय १७ मतदान स्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २० मुगुका १०, जाजरकोटका २५ र दार्चुलाको एक ठाउँको मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको उनले बताए । मौसमलगायतका समस्याका कारण केही स्थलको मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भइरहेको र बुधबारसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिने आयोगले जनाएको छ।

 

प्रकाशित: १३ मंसिर २०७४ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App