coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चुडामणि शर्मा एक करोड धरौटीमा रिहा

फाइल तस्विर

काठमाडौ – अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएका कर फछ्र्याेट आयोगका पूर्व सदस्य चुडामणी शर्मालाई एक करोड धरौटी लिएर विशेष अदालतले मंगलवार रिहा गरेको छ।

विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरलेलले नागरिकन्यूजसँग भने ‘आजै अदालतमा उपस्थित भएका शर्माका बकपत्र र बयान सकिएपछि उनलाई एक करोड रुपैया धरौटीमा रिहा गर्ने आदेश बमोजिम धरौटी राखी रिहा गरिएको हो।’

पोखरेलका अनुसार, न्यायाधीशहरु द्वारिकामान जोशी, रत्न बहादुर बागचन्द र नारायण प्रसाद पोखरलेको इजलासले एक करोड धरौटी मागेको थियो।

माग भएको आदेश बमोजिम नेपाल इन्भेष्टमेण्ट बैंक दरबारमार्गले उनलाई बैंक ग्यारेन्टी प्रदान गरेपछि मंगलवार साँझ उनी रिहा भएको पनि प्रवक्ता पोखरेलले बताए। यसअघि नै उक्त मुद्दाका अन्य दुई अभियुक्तहरु लुम्बध्वज महत र  उमेश प्रसाद ढकाल समेत एक एक करोड धरौटी बुझाइ रिहा भइसकेका छन्। उनीहरु १० अर्ब दुई करोड रुपैयाँ बराबरको कर छुट दिएको अारोपमा मुद्दा खेपीरहेका छन्। 

प्रकाशित: १२ मंसिर २०७४ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App