coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाँच राजदूतको सुनुवाइ आज

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशको राजदूत सिफारिस भएका थप पाँच जनाको सुनुवाइ शुक्रबार गर्ने भएको छ। राजनीतिक दलको तर्फबाट राजदूत पदमा प्रस्तावित भएका महेन्द्रबहादुर पाण्डे, खड्गबहादुर केसी, नारद भारद्वाज (वाग्ले), शिवमाया तुम्बाहाम्फे र अलि अख्तर मिकरानीको नाममा सुनुवाइ गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पाण्डे चीनका लागि, केसी जापानका लागि, भारद्वाज श्रीलंकाका लागि, तुम्बाहाम्फे इजरायलका लागि र मिकरानी साउदी अरेबियाका लागि राजदूत सिफारिस भएका हुन्।

अघिल्लो सरकारले परराष्ट्रका आठ र राजनीतिक दलको भागबन्डामा १४ जनालाई राजदूत सिफारिस गरेको थियो। परराष्ट्रबाट दुर्गाबहादुर सुवेदी, रमेश खनाल, झविन्द्र अर्याल, लोकबहादुर थापा, प्रकाश सुवेदी, सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल र ऋषि घिमिरे छन्। सुवेदी, खनाल, अर्याल, थापा, प्रकाश, अधिकारी, पोखरेल र घिमिरे क्रमशः बेलायत, जर्मनी, इजिप्ट, बेल्जियम, अस्ट्रिया, पाकिस्तान, ब्राजिल र म्यानमारका लागि राजदूत सिफारिसमा भएका थिए। उनीहरूमध्ये मंगलबार लम्साल, पोखरेल, सुवेदी र घिमिरेको सुनुवाइ गरेको थियो। बुधबार र बिहीबार बाँकी चारजनाको सुनुवाइ भएको थियो। उनीहरूको अनुमोदनसम्बन्धी निर्णय भने २२ जनाकै सुनुवाइपछि गरिने समितिले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०७३ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App