काठमाडौँ - कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार मगलवारदेखि शुरु भएको छ ।
कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवर्द्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ ।
मगलवारदेखि शुरु भएको उक्त म्याचुअल फण्ड यही मंसिर २६ गतेसम्म जारी रहनेछ । आवेदकले न्यूनतम १०० एकाइ र अधिकतम २४ लाख एकाइ खरिद गर्न पाउने छन् । (रासस)
प्रकाशित: १२ मंसिर २०७४ १२:११ मंगलबार