६ वैशाख २०८१ बिहीबार
राजनीति

मतपेटिका सुरक्षार्थ सिसिटिभी जडान

रसुवा— आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिकाको सुरक्षार्थ रसुवामा सिसिटिभी जडान गरिएको छ। लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आयोगको सहमतिमा सिसिटिभी जडान गरिएको हो।

मतपेटिकाको उच्च सुरक्षाको लागि निर्वाचन मंगलबार ८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो। आयोगको सहमतिमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले सिसिटिभी जडान गरेका हुन्। 

कार्यालय प्रवेश गर्ने दुई वटै स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। ‘मतपेटिका राखिएको स्थानमा रेड जोन बनाएर अनावश्यक व्यक्तिलाई प्रवेश निषेध गरिएको छ’, उनले भने। 

सोमबार बिहानसम्म मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शिलबन्दी गरेर राखिएपछि चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको छ । 

कार्यालयमा मतपेटिका राखिएसँगै सोमबारदेखि उच्च निगरानी बढाइएको छ। कार्यालय प्रवेश गर्ने दुई प्रवेशद्वारमध्ये एउटामा काँडेतार लगाइएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए। 

दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र मतगणना गर्ने भएपछि मतपेटिकाको सुरक्षाको लागि एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्ने दुई वटै स्थानमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए। ‘मतपेटिका राखिएको स्थानमा रेड जोन बनाएर अनावश्यक व्यक्तिलाई प्रवेश निषेध गरिएको छ’, उनले भने। 

उनका अनुसार उम्मेदवारले मतपेटिकाको सुरक्षाको काठमाडौंबाट हेर्न मिल्ने बनाइनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रसुवाका ४५ मतदान केन्द्रका मतपेटिकाहरु शिलबन्दी गरेर राखिएको छ।

मतपेटिकाको सुरक्षामा कुनै गुनासो नआओस् भन्नका लागि शिलबन्दी गरिएको स्थान र वरिपरि सिसिटिभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।  नौ दिनसम्म मतपेटिकालाई सुरक्षित तरिकाले राख्नका लागि सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधि बसिरहेका छन्।

 

प्रकाशित: १२ मंसिर २०७४ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App