coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इन्ट्याग्रीटी आइडल २०१७ छनोट

काठमाडौं – इन्ट्याग्रीटी आइडलको चौथो संस्करण ‘इन्ट्याग्रीटी आइडल नेपाल २०१७’ का उत्कृष्ट पाँचको नाम सार्वजनिक भएको छ । यस वर्षको उत्कृष्ट पाँचमा जिल्ला कृषि विकास कार्यालय काभ्रेमा कार्यरत कृषि प्रसार अधिकृत कृष्ण धिताल, वन विभाग बबरमहलका सहायक वन अधिकृतको रुपमा कार्यरत सबनम पाठक, पञ्चदेव मावि, मान्म कालिकोटका गणित शिक्षक सबराज बम, मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेल र सामान्य प्रशासन मन्त्रालयका उपसचिव सृजना तिवारी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय संयोजक रहेको निर्णायक समितिमा नेपाल सरकारका पूर्व सचिव जिवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाहको निर्णायक टोलीले उत्कृष्ट पाँच छनोट गरेका थिए ।

उत्कृष्ट पाँचमध्ये एसएमएस र वेबसाईट र निर्णायक टोलीको मतका आधारमा इन्ट्याग्रीटी आइडल २०१७ को छनोट गरिनेछ । इन्ट्याग्रीटी आइडलको औपचारिक पेजमा www.integrityidol.org/countries/nepal/ मा गएर भोट गर्न सकिनेछ । सोमबारदेखि सुरु भएको भोटिङ आगामी मंसिर २४ सम्म खुल्ला गरिएको छ । ‘इन्ट्याग्रिटी आइडलले नेपाल सरकारका निजामती कर्मचारीले गरेका सृजनात्मक अभ्यासलाई प्रोत्साहित गरेको छ,’ एकाउन्टबिलिटी ल्याब नेपालका प्रमुख नारायण अधिकारीले भने ।

 

प्रकाशित: १२ मंसिर २०७४ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App