७ वैशाख २०८१ शुक्रबार
राजनीति

ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन प्रतिनिधि

जुम्ला- जुम्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन सकिए लगत्तै मतपेटिका सुरक्षामा कडाई गरिएको छ। भित्री घेरामा म्यादी र जनपद प्रहरी परिचालन गरिएकोमा दोश्रो घेरामा शसस्त्र प्रहरी खटाइएको छ। बाहिरी घेरा नेपाली सेनाको छ। मतदाताको अमुल्य मतको सुरक्षाका लागि जिल्ला सुरक्षा समिती चनाखो बनेको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर वुढ्थापाले जानकारी दिए। उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा थन्काइएको मतपेटिको सुरक्षा व्यवस्था कडा पारीएको हो।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको संयोजकत्वमा बसेको सुरक्षा समितीको वैठकले मतपेटिकाको आवश्यक सुरक्षा प्रवन्ध मिलाउने भन्ने निर्णय गरेको छ। सेना भित्र पस्दैन,तर वाहिरी घेरा निकै कडा बनाउने रणनीती बनाइएको छ। यता दलका उम्मेदवारले भने ढोकामै सुताएर भएपनि मतपेटिकाको रेखदेख गर्न कार्यकर्ता खटाएका छन्।

उनीहरुले पालैपालो रातभर जाग्राम बस्ने गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । वामगठवन्धनका प्रचार प्रसार संयोजक पुर्ण प्रसाद धितालले आफ्नै लत्ताकपडा लिएर रातभर बस्ने गरेको बताए । निर्वाचन भएको २४ घण्टा भित्रै मतपेटिका सदरमुकाम ल्याई पुर्‍याइएको थियो। जुम्लामा ९० वटा मतदान केन्द्र थिए ।

प्रकाशित: १२ मंसिर २०७४ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App