coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्री मण्डलका अंगरक्षकको हृदयघातका कारण निधन

पथरी- बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ। मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो । 

वाम गठबन्धनबाट मोरङ क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री मण्डलको विराटनगर–१ पोखरियास्थित निवासमा बुढालाई राति असहज महसुस भएपछि उपचारका लागि स्थानीय विराट नर्सिङ होममा भर्ना गरिएको थियो।

उपचारका लागि नर्सिङ होम पुर्याउनासाथ राति नै बुढालाई चिकित्सकले मृत घोषणा गरेको थियो। शवलाई सेनाका अधिकारीको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७४ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App