coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

५३७ वटै मतपेटिका सदरमुकाम ल्याइयो

मूख्या निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सहित आइपुगेका कर्मचारी ।

खोटाङ– खोटाङका सबै मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । जिल्लाका दुई नगरपालिका, आठ गाउँपालिकाका ७९ वडामा सञ्चालन गरिएका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै मतपेटिका सदरमुकाम ल्याइएको हो ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन समापन भएदेखि सोमबार बिहानसम्ममा सबै मतदान केन्द्रबाट ५३७ वटै मतपेटिका मूख्या निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । सबै मतपेटिका सुरक्षा प्रबन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइएको हो ।
दूरीका हिसाबले टाढा र बिकट गाउँपालिका जन्तेढुंगा, खोटेहाङ, बराहपोखरी, केपीलास र दिप्रुङ गाउँपालिकाको मतपेटिका सोमबार राती ३ बजे दिक्तेल आइपुगेको हो । मतपेटिका बुझ्ने र बुझाउनेक्रममा आइतबार र सोमबार राति कर्मचारी र सुरक्षाकर्मी अनिदो परेका छन् ।
सबै मतपेटिका राती ३ बजे आइपुगे पनि रुजु गर्ने र बुझाउने÷बुझ्नेक्रममा उज्यालो भएको कर्मचारीको भनाई छ । केहीबेरअघि मात्र मतपेटिका बुझ्ने र बुझाउने काम सकिएको जिल्ला निर्वाचन अधिकारी खत्रीले बताए ।
‘मतदानकाक्रममा प्रयोग गरिएका सबै ५३७ वटै मतपेटिका दिक्तेल आइपुगेको छ, केहीबेर अघि मात्र रुजु भइसकेको छ,’ खत्रीले भने, ‘लिच्कीराम्चेको एउटा मतपेटिका चर्केको पाइएकाले दलीय बैठक राखेर मुचुल्का उठाउने तयारी गरिरहेका छौँ ।’
मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमै ताला, सुरक्षा प्रबन्ध एवं दलीय प्रतिनिधिको उपस्थितिमा सुरक्षित राखिने जनाइएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App