coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियाको प्रभावशाली जित

ब्रिसबेन- ओपनर डेभिड वार्नर र क्यामरुन बेन्क्रफ्टले कीर्तिमानी साझेदारी गरेपछि अस्ट्रेलियाले सोमबार एसेज शृंखलाअन्तर्गत इङल्यान्डविरुद्धको पहिलो टेस्टमा १० विकेटको फराकिलो जित हात पारेको छ ।
वार्नर र बेन्क्रफ्टले पहिलो विकेटका लागि कीर्तिमानी १ सय ७३ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले सहज जित दर्ता गरेको हो । उनीहरुले सफलतापूर्वक रन पछ्याउने क्रममा टेस्ट क्रिकेटमा पहिलो विकेटका लागि ८७ वर्ष अघिको सर्वाधिक साझेदारीको कीर्तिमान तोडेका थिए ।
वार्नरले अविजित ८७ र बेन्क्रफ्टले अविजित ८२ रनको योगदान गरे । १ सय १९ बल खेलेका वार्नरले १० चौका प्रहार गर्दा १ सय ८२ बल सामना गरेका बेन्क्रफ्टले १० चौका र १ छक्का प्रहार गरे । वार्नरको यो २५औं टेस्ट अर्धशतक हो । यसै खेलबाट टेस्ट क्रिकेटमा ‘डेब्यु’ गरेका बेन्क्रफ्टको यो पहिलो टेस्ट अर्धशतक हो ।
यसअघि इङल्यान्ड दोस्रो इनिङमा १ सय ९५ रनमा सिमित भएपछि अस्ट्रेलियाले जितका लागि १ सय ७० रनको सहज लक्ष्य पाएको थियो ।  
११४–० बाट पाँचौ तथा अन्तिम दिनको खेल सुरु गरेको अस्ट्रेलियाले जितका लागि आवस्यक ५६ रन १६ ओभरमा पूरा गरेको थियो ।
एसेज इतिहासमा अस्ट्रेलियाले इङल्यान्डलाई १० विकेटले निराश पारेको यो सातौं पटक हो । साथै अस्ट्रेलियाले गाबा मैदानमा २९ वर्ष देखिको अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
‘एसेस शृंखलाको पहिलो टेस्ट सधै महत्वपूर्ण हुन्छ । शृंखलाको सुरुमा हामी केही दबाबमा थियांै । तर म टोलीको प्रदर्शनबाट सन्तुष्ट छु ,’ अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले भने, ‘पहिलो इनिङमा गतिलो सुरुआत गर्न नसके पनि हामीले सम्हालिएर खेल्यांै । दोस्रो इनिङमा बलरको उत्कृष्ट प्रदर्शनले हामी खेलमा पूर्ण रुपमा हावी भयौं । ओपनरहरुको उत्कृष्ट साझेदारीले सहज जित सम्भव भयो ।’
यस जितसँगै अस्ट्रेलियाले ५ टेस्टको एसेज शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट शनिबार एडेलेइडमा सुरु हुनेछ । यी दुई टोलीबीच हुन लागेको यो पहिलो दिवा–रात्री टेस्ट हो ।
‘शृंखलाको पहिलो खेलमा भोगेको लज्जास्पद हारले हामीलाई केही दबाबमा पारेको छ । तर पनि शृंखलामा अझै ४ खेल बाँकी छन् । त्यसैले हामी अझै कडा मिहिनेत गर्र्दै पुनरागमन गर्नेमा विश्वस्त छांै,’ इङल्यान्डका कप्तान जो रुटले भने, ‘हामीले पहिलो तीन दिन राम्रो प्रदर्शन गरेका थियांै । दूर्भाग्यवश चौथो दिन हाम्रो लागि सुखद बन्न सकेन । हामीले सम्हालिएर ब्याटिङ गर्न सकेनांै । त्यौ नै खेलको नतिजा गुमाउने मुख्य कारण बन्यो ।’

प्रकाशित: १२ मंसिर २०७४ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App