८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस उम्मेदवारको घरमा बम विष्फोट

उदयपुर– नेपाली कांग्रेस उदयपुरका प्रदेशसभा १ (२) का उम्मेदवार हिमाल कार्कीको घरमा बम विष्फोट भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडेस्थित कार्कीको घरमा मंगलबार विहान ३ः३० बजेको समयमा ठूलो आवाजका साथ अज्ञात समूहले विष्फोट गराएको स्थानीयले बताएका छन् ।

विष्फोटका बेला उम्मेदवार कार्की घरमै रहेको बताइएको छ । उनका बृद्ध आमा–बाउ र कार्कीको परिवार बसेको घरमा भएको विष्फोटले पानी ट्याङ्कीमा सामान्य क्षति पुगेको छ । गोठमा बाँधिएका भैंसीलाई पनि सामान्य छर्रा लागेको अवस्थामा भेटिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घट्नाको पुष्टि गरेको छ । प्रहरी प्रमुख एसपी नवराज भट्टले घट्नास्थलबाट सिसाका टुक्राटुक्री मात्र भेटिएको तर, खासै क्षति नभएको बताए । एसपी भट्टराईले सोमबार साँझ युवा–युवतिको एक जोडी कार्की र उनको घर खोज्दै आएको र कार्की घरमा नभएको जवाफ पाएपछि घर नपुगी फर्केको कामदारलाई उद्धृत गर्दै बताए ।

घट्नाबारे अनुसन्धान प्रारम्भ भईसकेको र विस्तृत विबरण खुल्न बाँकी रहेको प्रहरी भनाई छ । घट्नामा नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको आशंका प्रहरीको छ । मंसिर १० गते पहिलो चरणको चुनाव सम्पन्न भईसकेकाले चुनाव विथोल्ने शक्ति दोस्रो चरणको चुनावी क्षेत्रमा केन्द्रित भएको हुनसक्ने अनुमान प्रहरीको छ ।

 

प्रकाशित: १२ मंसिर २०७४ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App