६ वैशाख २०८१ बिहीबार
राजनीति

आजसम्ममा सबै मतपेटिका सदरमुकाम पुर्‍याइने

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो चरणमा आइतबार चुनाव सकिएका ३२ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइँदैछ । भौगोलिक विकटताका कारण सबै मतपेटिका मंगलबारसम्म मात्र केन्द्रमा ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

चुनाव सकिएका २ हजार ९ सय १७ मतदानस्थलमध्ये सोमबार साँझसम्म चारसय बढी मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाम ल्याउन बाँकी रहेको आयोगले बताएको छ । आयोगका अनुसार ४० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याइँदैछ । ४ सय ६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी छ ।
सोमबार साँझसम्म १५ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याइसकिएको र मंगलबारसम्ममा बाँकी मतपेटिका ल्याइने आयोगले जनाएको छ । दोस्रो चरणको चुनाव सकिए लगत्तै मतगणनाको काम सुरु हुने आयोगले जानकारी दिएको छ ।

गृह मन्त्रालयलाई काज सरुवा बदर गर्न निर्देशन
निर्वाचन आयोगले गृह मन्त्रालयले आचार संहिता विपरीत ६ जना उपसचिवलाई काज सरुवा गर्ने सरकारको निर्णयको बदर गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले प्रशासन सेवाका छ जना उपसचिवको काज सरुवा गर्ने गृह मन्त्रालयको मंसिर ४ को निर्णयलाई अविलम्ब बदर गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयले आयोगको स्वीकृति नलिई तीनजना प्रमुख जिल्ला अधिकारीसहित छजना उपसचिवलाई काज सरुवा गर्ने निर्णय गरेको थियो । स्वीकृति नलिई सरुवा गरेको भन्दै आगोगले निर्णयको सक्कल फाइल मन्त्रालयसँग माग गरेको थियो । गृहले फाइल पठाएपछि काज सरुवा तुरुन्तै बदर गर्न आयोगले निर्देशन दिएको हो ।
दोश्रो चरणमा हुने चुनाव परिणाम घोषणा नभएसम्म वा आयोगले निर्वाचन आचार संहिता फिर्ता नगरेसम्म सहमतिबिना सरुवा वा काजको निर्णय नगर्नु भन्ने पत्र गृहमा पत्र पठाइएको आयोगले जनाएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App