४ वैशाख २०८१ मंगलबार
राजनीति

उम्मेदवारहरू नै भन्छन, मतदाता शिक्षा पुगेन

भक्तपुर । आगामि प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिएका दलका प्रतिनिधिहरूले घर घरमा मतदाता शिक्षा नपुगेको गुनासो गरेका छन् ।
मतदाता शिक्षा नपुग्दा पार्टीलाई आउने भोट खेर जान सक्ने भन्दै कम भन्दा कम मत बदर गराउन राजनीतिक दलका अगुवा कार्यकर्ताहरुले मतदाता शिक्षाई पार्टीको प्रचार प्रसारसंगसैं प्राथमिकता दिनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका भक्तपुर २ का प्रतिनिधि सभा उम्मेदवार दमननाथ ढुंगानाले हरेक उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताए । ‘पार्टीको प्रचार प्रसार गरेर मात्र हुदैन । पार्टीलाई आउने एउटा भोट पनि बदर हुन नदिन मतदाता शिक्षालाई घर घरमा पु¥याउनु पर्छ ।’ मतदाता शिक्षाको लागि निर्वाचन आयोगले छुट्टयाउने वजेट राजनीतिक दलहरू मार्फत खर्च गर्नुपर्ने सुझाव उनले राखे । 
अबदेखि आफूले प्रचार प्रसारसँगसँगै मतदाता शिक्षाको लागि पनि केही समय छुट्टयाउने प्रतिबद्धता उनले जनाए । 

कार्यक्रममा नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको लागि छुट्टयाउने बजेट दलहरुलाई दिनु पर्ने धारण राखे । दलहरुले मतदाता शिक्षा कार्यक्रम गरे भने प्रभावकारी हुने उनको भनाई थियो । 
यसैगरी भक्तपुर २ (ख)का प्रदेश सभा उम्मेदवार गणेशमान चक्रधरले मतदाता शिक्षा नपुगेर पार्टीलाई आउने भोट बदर हुन नदिन पार्टीका कार्यकर्ताहरु सजग हुनुपर्ने बताए । इआइसिटि र हाम्रा कुरा डक कमले  सोमवार भक्तपुरमा गरेको मतदाता शिक्षा अन्तरक्रिया कार्यक्रममा बोल्दै  जिल्ला निर्वाचन कार्यलय भक्तपुरका प्रमुख उमेश राइले मतदाता शिक्षाको लागि आयोगले देशभर स्वयमसेबवक परिचालन गरेको बताए । राजनीतिक दलहरुले गर्ने मतदाता शिक्षा कार्यक्रम झनै प्रभावकारी हुने उनको भनाइ थियो । 
यसैगरी भक्तपुर २का साझा विवेकशील पार्टीका प्रतिनिधि सभा उम्मेदवार शशिविक्रम कार्कीले आफनो  पार्टीले चुनाव प्रचार कार्यक्रम संगसंगै मतदाता शिक्षा कार्यक्रम पनि शुरू गरेको दावी गरे । यसैगरी नेमकिपा भक्तपुर २ (क)का प्रदेश सभा उम्मेदवार सरोजराज गोसाइले  नेमकिपाले मतदाता शिक्षा अभियान शुरू गरेको जनाए । 

 

प्रकाशित: ११ मंसिर २०७४ १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App