८ वैशाख २०८१ शनिबार
राजनीति

मत पेटीका राखिएको ठाँउमा तीनवटा ताला

पाँचथर- पाँचथरका विभिन्न ठाँउवाट संकलित भएका मतपेटिका तीन वटा ताला लगाएर थन्काइएको छ। कर्मचारी मिलन केन्द्रको कार्यालय र पाँचथर सामुदायिक पुस्तकालयको भवनमा मतपेटिका थन्काइएको हो।

विहान मतपेटिका ल्याईसकेपछि राजनीतिक दलहरुसँग निर्वाचन आयोगले बैठक राखेको थियो। बैठक पछि राखिएको भवनको ढोकामा तीनवटा ताला लगाइएको हो। निर्वाचन आयोग, लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनको तर्फवाट छुट्टा छुट्टै ताला लगाइएको हो। मंसिर २१ गते साझ ५ बजेपछि मतगणना गर्ने गरी निर्णय गरीएको छ । आफू आफूले बोक्ने गरी ताला लगाइएको छ। तलामा शिल लगाइएको छ । निर्वाचन आयोगकको ताला मुख्य निर्वाचन अधिकृतले बोक्ने छन्।

राजनीतिक दल,  सुरक्षा निकायको उपस्थीतमा शिलवन्दी गरेर मतपेटका राखिएको छ । मतपेटिका राखिएको वरीपरि सिसि क्यामेराको निगरानी रहेको छ । जिल्ला प्रहरी कार्यालयको अगाडी मतपेटिका राखिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले मतपेटिका राखिएको वरपरको सुरक्षा दिएका छन् । तारको घेरावेरा लगाइएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको कडा सुरक्षा प्रवन्ध गरी मतपेटिका राखिएको पाँचथरका प्रहरी प्रमुख डिएसपि बामदेव गौतमले जानकारी दिए । उनका अनुसार ६ वटा पोष्ट खडा गरीएर सुरक्षा दिइएको छ । चारै तिरवाट कडा  निगरानी गरीएको उनले बताए।

निर्वाचन क्षेत्र  १ र २ का मतपेटिका फरक फरक ठाँउमा राखिएको छ । जिल्लामा १ सय ५६ मतदान केन्द्र रहेका थिए । मतपेटिका उचित सुरक्षा प्रवन्ध गरी राखिएको मुख्य निर्वाचन अधिकृत मनोज केशिले जानकारी दिए । राजनीतिक दलहरुसँगको बैठक राखि मतपेटिका सुरक्षीत गरीएको उनले जानकारी दिए । रातभरी गरेर मतपेटिका सदरमुकामसम्म ल्याइएको हो । अधिकाशं स्थानवाट गाडीमा मतपेटिका ल्याइएको हो । उनका अनुसार जिल्लामा ७७ हजार ६ सय ८२  मत खेसेको छ । यो ६२ दशमलव ०४ प्रतिशत हुन आउँछ। यो मध्ये ३६ हजार २ सय २३ निर्वाचन क्षेत्र न. २ मा खसेको थियो । पाँचथरमा  ३८ हजार ५ सय २६ पुरुष र ३९ हजार १ सय ६५ जना महिलालो मतदान गरेका छन्। जिल्लामा १ लाख २५ हजार २ सय १९ जना मतदाता रहेका थिए।

प्रकाशित: ११ मंसिर २०७४ १०:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App