coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाका सुचारु

रसुवा - चीनसँगको व्यापारिक नाका रसुवागढी आइतबारबाट सुचारु भएको छ । निर्वाचनको अवधीका लागि ७२ घण्टा नाका सिल गरिएको थियो । बिहिबार राति १२ बजेबाट बन्द गरिएको नाका आइतबार राति १२ बजेबाट औपचारिक रुपमा सुचारु भएको हो ।

नाका सुचारु भएसँगै रसुवागढीबाट १९ वटा कन्टेनर केरुङतर्फ गएको र २७ वटा मालबाहक कन्टेनर नेपालतर्फ आएको प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए । सामग्री लिनका लागि तीन सय भन्दा बढी कन्टेनर केरुङ जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

निर्वाचन गतिविधिमा अवरोध पुर्याई सीमा पार गरेर चीनतर्फ जान सक्ने अवस्थालाई मध्यनजर गर्दै बन्द गरिएको नाका सुचारु भएसँगै नाकामा चहलपहल बढेको छ ।

प्रकाशित: ११ मंसिर २०७४ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App