coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

विवाहका कारण बुटिकमा चहलपहल

सुस्मिता लाल
कुपण्डोलस्थित आशीर्वाद कलेक्सनमा मध्य कात्तिकको एक दिउँसो निकै चहलपहल देखिन्थ्यो । कलेक्सनकी प्रमुख कमला भण्डारी  पाठक आफ्ना ग्राहकहरुसँग गफिन व्यस्त थिइन् । मंसिरमा विवाहको सिजन भएकाले कात्तिकमै यस किसिमको चहलपहल हुने कमलाको भनाइ थियो । कमलाको आशीर्वादमा मात्र होइन, यतिबेला प्रायः नाम चलेका सबैजसो बुटिकमा भिडभाड हुने गरेको छ । जीवनकै महत्वपूर्ण समारोह भएकाले दुलाहा वा दुलही दुवै अन्यभन्दा विशेष र सुन्दर देखिन चाहन्छन् । यसका लागि उनीहरुले खास किसिमका र चर्चामा रहेका डिजाइनरबाट पहिरन सिलाउन रुचाउँछन् ।
कमलाका अनुसार विवाहको मौसममा बुटिकमा विशेष चहलपहल हुन्छ । बुटिकमा भिड बढ्नुको कारण भने राम्रा बुटिकमा सम्पूर्ण काम कालिगढले गर्छन् । आफ्नै डिजाइन रुचाउनेहरूका लागि बुटिक उपयुक्त गन्तव्य बन्न पुगेका हुन् ।
आशीर्वाद कलेक्सनमा ग्राहकको सन्तुष्टिलाई विशेष ध्यान दिइने हुनाले यहाँ भिड बढेको कमलाको भनाइ छ । यहाँका लेहेंगा, साडी, ब्लाउज, गाउन, अनारकली लगायतका कपडा विशेष रुचाइएको छ । यहाँ पहिरनको रङ तथा ग्राहकको शारीरिक बनावट अनुसार सुहाउँदिलो पहिरन तयार गरिन्छ । यहाँको इम्ब्रोइडरी पूर्णरूपमा हातले नै तयार पारिन्छ । यहाँ महिलाका लागि आवश्यक सम्पूर्ण पहिरन उपलब्ध छ । विवाहमा मुख्य गरी तीन वटा समारोह हुन्छ । पहिले कुरा छिन्ने कार्यक्रम अर्थात् इन्गेजमेन्ट, त्यसपछि विवाह मूल कार्यक्रम र अन्तिममा विवाह पार्टी हुने गर्छ । इन्गेजमेन्टमा दुलहीले प्रायः हेभी किसिमका डिजाइनर लेहेँगा वा साडी लगाउने चलन छ । विवाहमा पनि प्रायः दुलहीले हेभी र डिजाइनर साडी नै लगाउने गर्छन् । त्यसै गरेर पार्टीमा भने दुलहीहरुले लेहेँगा लगाउने गर्छिन् । विवाहमा विशेष गरेर नेटको साडी भेल्भेटको डिजाइनर साडीहरुको माग बढी हुन्छ । मानिसहरुले इन्गेजमेन्टका लागि गुलाबी, पहेँलो र सुन्तला रङको साडी वा लेहेँगाको अर्डर गर्ने गर्छन् । विवाहको लागि विशेष गरेर रातो रङको डिजाइनर साडीहरुको अर्डर आउँछ । त्यसैगरी पार्टीका लागि भने मरुन, गुलाफी, सुन्तला रङका साडी, गाउन र लेहेँगाका अर्डरहरु आउने गर्छ । यस बुटिकमा ११ सयदेखि ३५ हजारसम्मको साडीहरु पाइन्छ ।
यहाँ दुलहीका लागि अर्डर अनुसारको साडी, लेहेँगा, गाउनलगायत बनाउने गरिन्छ । नेवारहरुले बेल विवाह र विवाहका लागि विशेष गरेर बनारसी साडी प्रयोग गर्ने गर्छन् । त्यसै गरेर क्षेत्री, बाहुनहरुले बेहुलाको घरबाट बनारसी साडी ल्याउने चलन छ । अचेल कुनै–कुनै विवाहमा घरका मुख्य महिलाहरुले एकै खालको र एकै रङको बनारसी साडी वा अन्य साडी लगाउने चलन सुरु भएको छ । यसले दुलहा र दुलहीका नजिकका परिवारको सदस्यहरुलाई सजिलैसँग चिन्न सकिन्छ । अहिले दुलहीहरुका लागि सेटमा नै कपडा तयार गर्ने चलन आइसकेको छ ।
आइकोनिक डिजाइनर वेयरका प्रमुख किरण अग्रवालका अनुसार जाडोमा हुने विवाहमा विशेष गरेर भेल्भेट, बनारसी, सिल्क तथा अर्डर अनुसारका साडी, लेहेँगा, गाउन बनाउने गरिन्छ । अहिले विवाहमा सिल्क साडीको माग बढिरहेको छ । यसको मुख्य कारण भने यस किसिमको पहिरन जाडो र गर्मी दुवै महिनामा प्रयोग गर्न सकिन्छ । यसका साथै यो अन्य कपडाभन्दा लगाउन कम्फर्ट हुन्छ । आइकोनिक डिजाइनर वेयरमा रेडिमेड र अर्डर अनुसारको कपडा बनाउने गरिन्छ । आइकोनिकमा इम्ब्रोइड पनि गर्ने गरिएको किरण बताउँछिन् ।
आफ्ना लागि आवश्यक कच्चा पदार्थ किरणले इन्डियाको दिल्लीबाट ल्याउने गर्छिन् । विवाहका लागि विशेष गरेर रातो रङका पोसाकको प्रयोग हुने गर्छ । किरण आफैँ डिजाइनर रहेका कारण ग्राहकको रुचिअनुसार र थोरै इम्प्रोभाइज गरी पहिरन बनाउने गरेको उनी बताउँछिन् । यहाँ विभिन्न रेन्जअनुसार हरेक वर्गका लागि उपयुक्त पहिरन तयार गरिन्छ । यहाँ साडी मन पराउने युवतीका लागि परम्परागत, पियोर सिफन, सिल्क, जर्जेट आदि साडी पनि उपलब्घ छ ।
अनु क्रियसनकी अनु भुसाल भने पछिल्लो समय नेपालीमा फेसन सजगता बढ्दै गएका कारण गुणस्तरीय तथा सुहाउँदिला पहिरनप्रतिको आकर्षण बढेको छ । सोही रुचिलाई बुझेर अनुले आफ्नो बुटिकमा फिनिसिङ, डिजाइन तथा कलर कम्बिनेसनमा विशेष ध्यान दिने गरेकी छन् । ‘ग्राहकको सन्तुष्टि मुख्य विषय भएकाले हामीले उनीहरूले खोज्ने सबै खालका पोसाक तयार गर्ने गरेका छौँ,’ उनी भन्छिन्, ‘अहिले विवाहको सिजन भएकाले लेहेँगा तथा साडीको अर्डरहरु आएको छ । यहाँको विशेषता भनेको गुणस्तरीय फेब्रिक हो ।’ जाडो महिनाको विवाहमा विशेष गरेर आफूकहाँ बाक्ला खालका लुगाहरु विशेष गरेर भेलभेट तथा सिल्कबाट बनेका साडी, लेहेँगा र बोर्डर साडीको प्रयोग बढी हुने गरेको छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App