८ वैशाख २०८१ शनिबार
समाज

दुर्गमका मतपेटिका हेलिकाेप्टरबाट ल्याइयाे (फाेटाे फिचर)

धादिङ – सडक सञ्जाल नजोडिएका दुर्गम क्षेत्रका मतपेटिका हेलिकाेप्टरमा राखेर सदरमुकाम ल्याइएको छ । मतदान सकिएपछि रातभर केन्द्रमै सुरक्षित गरिएको उत्तरी धादिङको मतपेटिका सोमबार बिहान हेलिकाेप्टर मार्फत सदरमुकाम धादिङबेसी झारिएको हो ।

रुविभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका लगायत १७ वटा मतदानकेन्द्रका ५१ वटा मतपेटिका हेलिकाेप्टरमा ल्याइएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए । ‘मोटर बाटो नपुगेको र सुरक्षाको हिसाबले अतिसंवेदनशील मानिएको केन्द्रहरुको मतपेटिका हेलिकाेप्टर मार्फत ल्याइएको छ। सर्वदलीय बैठकको निर्णय अनुसार यसलाई सुरक्षित गरेर राखिनेछ,'उनले भने । जिल्लाभर २ सय ७५ वटा मतदानकेन्द्रका ८ सय २५ मतपेटिका सुरक्षाको विषयमा दिउँसो सर्वदलीय बैठक हुँदैछ ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App