coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम प्रहार

रुकुम– चौरजहारीबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगा ल्याउँदै गरेको मतपेटिका बोकेका कर्मचारीहरुलाई लक्षित बम विस्फोट भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ६ घर्तीकाँडामा बम विस्फोट भएको हो ।

आइतबार साँझ ९ः५० बजे बम प्रहार भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । उक्त टोलीले चौरजहारी नगरपालिकाका ६, १०, ११, १२, १३ र १४ वटाका मतपेटीकाहरु ल्याइँदै थियो । बाटोमाथि बम परेकाले मतपेटिका र कमर्चारहरुलाई क्षति पुगेको छैन ।

बम प्रहार भएपछि उक्त मतपेटीकाहरु इलाकार प्रहरी कार्यालय चौरजहारीमा लगिएको थियो । उक्त मतपेटिकाहरु आज जिल्ला सदरमुकाम ल्याउने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मत पेटीकाहरु जिल्ला सदरमुकाम मुसीकोट खलंगा आउने क्रम जारी छ । यहाँका मतहरु सुरक्षा व्यवस्थाका साथ जिल्ला समन्वय समितिमा राखिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनविरोधी गतिविधि गर्नेले उक्त बम प्रहार गरेको हुन सक्ने प्रहरी प्रशासनले अनुमान गरेको छ ।

प्रकाशित: ११ मंसिर २०७४ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App