७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश ६ मा १४ पूर्वसांसद् मैदानमा

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबाट प्रदेश ६ मा १४ पूर्व सांसदले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट ६ जना र वाम गठबन्धनबाट ८ जना पूर्व सांसद उम्मेदवार बनेका छन् । लोकतान्त्रिक गठबन्धनबाट ५ जना र वाम गठबन्धनबाट ३ जना नयाँ अनुहार छन् । दुवै गठबन्धनबाट २२ उम्मेदवार मैदानमा छन् ।  लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिने पूर्व सांसद्मा रुकुम (पश्चिम भाग) क्षेत्र १ गोपालजिजंग शाह, सल्यान क्षेत्र १ बाट राजेन्द्रबहादुर शाह, मुगु क्षेत्र १ बाट हस्तबहादुर मल्ल, जाजरकोट क्षेत्र १ बाट राजिवविक्रम शाह छन् भने दैलेख क्षेत्र २ बाट शिवराज जोशी, सुर्खेत क्षेत्र १ बाट पूर्णबहादुर खड्का छन् ।
लोकतान्त्रिक गठबन्धनबाट नयाँ उम्मेदवारमा डोल्पा क्षेत्र १ बाट अंगदकुमार  बुढा, हुम्ला क्षेत्र १ बाट मंगल शाही, जुम्ला क्षेत्र १ बाट देवेन्द्र शाही, दैलेख क्षेत्र १ बाट दीपकबहादुर शाही (राप्रपा), कालिकोट क्षेत्र १ बाट भूपेन्द्रजंग शाही छन् ।
यसैगरी, वाम गठबन्धनबाट उम्मेदवारी दिने पूर्व सांसद्मा रुकुम पश्चिम भाग क्षेत्र १ बाट जनार्दन शर्मा (माओवादी), सल्यान क्षेत्र १ बाट टेकबहादुर बस्नेत (माओवादी), डोल्पा क्षेत्र १ धनबहादुर बुढा, मुगु क्षेत्र १ गोपाल बम छन् । हुम्ला क्षेत्र १ बाट चिमी लामा (माओवादी), कालिकोट क्षेत्र १ महेन्द्रबहादुर शाही (माओवादी), जाजरकोट क्षेत्र १ शक्तिबहादुर बस्नेत (माओवादी), दैलेख क्षेत्र २ बाट राजबहादुर बुढा छन् । वाम गठबन्धनबाट नयाँ उम्मेदवारमा जुम्ला क्षेत्र १ गजेन्द्र महत (माओवादी), दैलेख क्षेत्र १ बाट रविराज शर्मा  , सुर्खेत क्षेत्र १ बाट ध्रुवकुमार शाही छन् ।

प्रकाशित: ११ मंसिर २०७४ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App