coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सरिता श्रेष्ठ
धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।
    मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको  छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

प्रकाशित: ११ मंसिर २०७४ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App