सन्दर्भः महिला हिंसाविरुद्धको १६ दिने अभियान

महिनावारी हुँदा शौचालय जान पाइदैन

आइतबार, १० मङि्सर २०७४, १८ : ०९ नागरिक

खम्म खत्री
अछाम – नन्देगडाकी १६ वर्षीया रमिता साउँदको घरमा शौचालय बनेको छ । घरका सबै सदस्य सधैं शौचालय नै प्रयोग गर्छन्, तर रमितालाइ भने महिनामा पाँचदिन शौचालय प्रयोग गर्ने अनुमति छैन । त्यसो हुनुको एउटै कारण हो उनी महिनावारी हुने गर्छिन् । महिनावारी भएको समयमा उनी घरभन्दा टाढा बनेको गोठमा बस्छिन् । त्यो समयमा उनले शौचालय प्रयोग गर्न पाउदिनन् । महिनावारी भएको समयमा दिसापिसाब गर्न जंगल र खोलामा जानु परेको उनले सुनाइन् । ‘महिनावारी भएको समय घर नजिकै आउन समेत पाइँदैन, रमिताले भनिन्, ‘घर परिवारले महिनावारीहुँदा शौचालय प्रयोगमा रोक लगाएको छ ।’
रमिता मात्र होइन अछाममा महिनावारी हुने मध्येका करिव ६४ प्रतिशत महिला महिनावारी भएको समयमा शौचालय प्रयोग गर्नबाट बञ्चित हुने गरेको तथ्याङ्क जिल्लास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग छ । महिनावारी भएको समयमा अधिकांश महिला घरदेखि टाढा गोठमा बस्ने भएकाले त्यो बेला शौचालय समेत प्रयोग गर्नबाट बञ्चित हुने गरेको समितिले हालै गरेको अध्ययनबाट पाइएको जिल्ला समनवय समितिका प्रवक्ता कृष्णप्रसाद जैसीले जानकारी दिए । जिल्लामा पछिल्लो समय छाउपडी गोठमुक्त अभियान चले पनि अधिकांश महिला अहिले पनि महिनावारी हुँदा गोठमै बस्ने र दिसापिसाव पनि खुला ठाउँमै गर्ने प्रचलन रहेको उनले बताए । विभिन्न गलत सामाजिक मूल्यमान्यता र कुसंस्कारका कारणले अहिले पनि अछाममा अधिकांश महिला महिनावारी हुँदा घरदेखि टाढा गोठमै बस्नेगरेका छन् । 
खुला दिसामुक्त घोषणा भएको अछाममा महिनावारी भएको समयमा करिब ६४ प्रतिशत महिला शौचालय प्रयोग गर्नबाट वञ्चित हुनु नै पूर्ण सरसफाइ जिल्ला नबन्नुको मुख्य चुनौती भएको महिला तथा बालबालिका कार्यालयकी मञ्जु महत बताउँछिन् । (नेपालगञ्जबाट प्रकाशित नागरिक पश्चिमेलीबाट)

 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad